बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • समाज
  • संयोगले जुरायो संगमको चुनावी यात्रा

संयोगले जुरायो संगमको चुनावी यात्रा

  • सोमवार, माघ १२, २०८२
संयोगले जुरायो संगमको चुनावी यात्रा

गलाव चिन्ह लिएर भोट माग्दै संगम
मुगु—खत्याड गाउपालिका—९ का ४७ बर्षिय रंगबीर परियार संगम अहिले चुनावी मैदानमा छन । नेत्र बिक्रम चन्द बिप्लव नेकपा माओबादी पार्टीले संगमलाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको छ । प्रेमको प्रतिक गुलाब चिन्ह लिएर उनी मतदातासामु भोट माग्दैछन । संगम भोट माग्न मतदातासामु जादा मान्छे त राम्रा हौ तर तिम्रो पार्टी कमजोर भयो भनेर सुनाउने गरेका छन ।मेडिकल पेसा त्यागेर कठिन परिस्थितिलाई सामना गर्दै २०५८ साल माघ १० गते जनयुद्धमा लागेका संगम २४ बर्षपछि चुनावी यात्रामा लागेका छन ।

उनी संगैका साथी नवराज धामी मुगु जिल्ला बाट संबिधानसभा सदस्य निर्वाचित भए, मंगलबहादुर शाही प्रदेश सभासदको चुनाव जिते, अजबहादुर शाही गाउ“पालिकाका अध्यक्ष बने तर संगमले कुनै राजनीतिक अवसर प्राप्त गर्न सकेनन । २०५८ साल देखि २०६९ साल सम्म संगमको राजनीतिक यात्रा प्रचण्ड संगै रहयो । त्यसपछि प्रचण्डतिरको राजनीतिक यात्रा मोडेर संगम २०७० देखि २०७१ सम्म बैधमा लागे ।संगै राजनीतिक यात्रामा होमिएका साथीहरुले अवसर लिदै गर्दा संगमको राजनीतिक यात्रा फेरबदलमै बित्यो । २०७१ देखि फेरि संगमले बिप्लवतिरको राजनीतिक यात्रा तय गरे ।

२०६४ सालमा पार्टीले उनलाई समानुपातिक उम्मेदवारमा सिफारिस गरेपनि बन्दसुचीमा पर्न सकेनन । नेकपा माओबादीको केन्द्रीय सदस्य तथा जिल्ला इन्र्चाज भएर संगमले सुशासन र भ्रष्टचार बिरोधको आवाजलाई जनतासंग बुलन्द बनाउदै गए । भ्रष्टचारको बिरोध अभियानमा आफु २४ दिन मुगु हिराशतमा बस्नु परेको संगमले सुनाए । ठेकेदारी प्रथा र आफन्तलाई योजना बाडने चलनको अन्त्य नभए सम्म मुगुको समृद्धिको सपना पुरा नहुने उनको भनाई छ ।

भूराजनीतिक हस्तक्षेपका कारण देश संकटमा पर्दै गएको संगमको भनाई छ । राजनीति यात्रा संगै संगमले मुगुमा कृषि क्रान्तिको अभियान पनि सुरुवात गरेका छन । छायानाथ रारा नगरपालिकाको सोबा गाउमा १२ हल जग्गामा ५ सय बोट स्याउ रोपेका छन । त्यसै गरि खत्याड रातापानीमा कागती बगैचा जिउकामा सिमि फर्म गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार