बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • सेताम्य हिउँमा एमाले हुम्लाको चुनावी अभियान

सेताम्य हिउँमा एमाले हुम्लाको चुनावी अभियान

  • बुधबार, माघ १४, २०८२
सेताम्य  हिउँमा एमाले हुम्लाको चुनावी अभियान

हुम्ला–सेताम्य भूमिमा सूर्य अंकित झण्डा बोकेर एमाले चुनावी अभियान प्रारम्भ गरेको छ । दोश्रो पटक परेको हिउ सिमकोट बजार क्षेत्र वरपर डेढ फिट जमेको छ ।उक्त हिउ संग जुद्धदै एमाले उम्मेदवार नेता तथा कार्यक्रताहरुले बाक्लो कपाडा लगाएर मतदाता सामु भोट माग्ने घरदैलो अभियान सुरु गरेको छ । बाक्लो हिमपात संगै अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्येनजर गरि राजनीतिक दलले चुनावी अभियानमा जुटेका छन ।प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार दल फडेरा, समानुपातिक तर्फका उम्मेदवार गोरखबहादुर बोगटी सहित नेता तथा कार्यकर्ताहरू सहभागी भएको एमालेले जनाएको छ ।

एमाले सहित कांग्रेस, रास्वपा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार तथा कार्यक्रताहरु बाक्लो हिउ छिचोल्दै भोट माग्न मतदाताको घर आगन पुग्न बाध्य भएका छन ।
एमाले पार्टीका केन्द्रीय सदस्य एवम पूर्ब प्रदेशसभासद दल रावलका अनुसार बाक्लो हिउ कुचिल्र्दै मतदाता संगै भोट माग्न पार्टीले अभियान सुरु गरेको बताउनु भयो । हिमपातले मतदातालाई भेटघाट गरेर भोट माग्न समस्या हुने उनको भनाई छ । यतिकै हिउ“मा भोट माग्न हुम्ला लिमी क्षेत्रमा जाने अबस्था छैन रावल भन्छन त्यहाका अधिकास मतदाता जिल्ला बाहिर छन ।

भारी हिमपातले राजनीतिक दलको चुनावी अभियान प्रभावित भएको रावलको प्रतिकृया छ । कर्णालीका पहाडी जिल्लामा हिमपातले उम्मेदवारको घरदैलो अभियानमा समस्या देखिएको एमाले मुगुका नेता मोहन बानियाको भनाई छ ।
मुगु जिल्लाको माथिल्लो बाटमा हिमपात हुदा उम्मेदवारलाई भोट माग्न घरदैलो पुग्ने कठिनाई भएको छ ।

चर्चामा

सम्बन्धित समाचार