बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कहिले पुरा होला सोनामको राजनीतिक सपना

कहिले पुरा होला सोनामको राजनीतिक सपना

  • शुक्रबार, माघ १६, २०८२
कहिले पुरा होला सोनामको राजनीतिक सपना

मुगु—मुगुम कार्मारोङ गाउपालिका—८ माग्री गाउका ५९ बर्षिय सोनामछिरिङ लामाले अहिले सम्म राजनीतिक लाभका पद धारणा गर्न सकेका छैनन । २८ बर्षे शिक्षक पेसा बाट रिटार भएर बामपन्थी राजनीतिक दल एमाले तिर लागेको तीन दशक बितिसक्दा पनि सोनामले अवसर प्राप्त गर्न सकेका छैनन । शिक्षकमा कार्यरत हुदा उनले पढाएका बिधार्थी कसैले उच्च शिक्षा हासिल गरे, कोही पढन बिदेशीतिर गए, कसैले जागिर खाए त कोही ब्यापारतिर लागे । राजनीतिक पद धारणा गरेर गाउ“को बिकास, सामाजिक जनचेतना, पिछडिएको क्षेत्र प्रति राज्यको ध्याकर्षण गराउने सोच सोनामको अधुरो छ ।

पहिलो स्थानीतहको निर्वाचनमा मुगुम कार्मारोङ गाउपालिका उनले अध्यक्ष पदमा लडे तर छिरिङक्याप्ने लामा बाट ८५ मतले हार पराजय ब्यर्होनु परयो । पहिलो स्थानीयहको निर्वाचनमा पराजित हुदा सोनाम निराश भएनन । उनले अर्को निर्वाचनमा अध्यक्ष पद लडेर राजनीतक सपना पुरा गर्ने आ“टमा कमी आएनन । फेरि २०७९ को स्थानीयतहको निर्वाचनमा एमाले पार्टीले पुन सोनामलाई अध्यक्ष टिकट दिएर उम्मेदवार बनायो । अघिल्लो पटक लडेको चुनावको अनुभव सोनामले गरि सकेका थिए दोश्रो पटक पक्कै चुनाव जित्ने उनको आट थियो । फेरि पनि छिरिङक्याप्ने लामा बाटै ४६ मतले हारर्नु पर्ने अबस्था आयो ।

दोश्रो पटक पनि चुनाव हार्नु पदा सोनामलाई के भाग्यमा पालिका अध्यक्ष पद लेखेको छैन कि भन्ने लाग्यो । पार्टी निकट आदिबासी जनजाति महासंघको केन्दीय सदस्य कर्णाली प्रदेश इन्र्चाज भए पनि पटक जनता अनुमोदन गाउ ठाउ क्षेत्रका बिकास गर्ने हुने सोनामको सपना कहिले पुरा होला त्यो समयले बताउला । दुई पटक स्थानीतहको निर्वाचन बाट पराजय हुदा जनजाति बर्गलाई राजनीतिक बाट बाहिर निस्कन मुश्किल पो रहेछ भन्ने सोनामलाई लागेको छ । हामी जनजाति वर्ग समुदायलाई राजनीतिक पद धारणा गर्न गाह्रो छ सोनामले भने मै राजनीतिकमा लागेका तीन दशक भन्दा बढी भइसक्यो केही त छैन ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले सोनामलाई जनजाति वर्ग बाट समानुपातिक उम्मेदवारको बन्दसुची पारेको छ । तर सोनाम यो पनि हुदैन कि भन्ने चिन्तामै छन । अगुल्टोले हिर्काएको कुकुर बिजुल्ली चक्किदा तर्सिन्छ भने झै दुई पटक चुनावको पराजय भोगिसकेका उनी समानुपातिकको पनि ग्यारेन्टी नभएको आशंकामा छन । अहिले पार्टीले मलाई सम्मानका साथ समानुपातिक बन्दसुचीमा राखिसक्यो तर भाग्य भागबण्डा के हुने हो थाहा छैन सोनामले सुनाए । उम्मेरले साथ दिदा सम्म राजनीतिक यात्रा जारी रहन्छ उनले भने बुढेशकाल लाग्दा सम्म सपना साकार भएन भने भाग्यमा रहेनछ भनेर चित्ता बुझाइ बस्नु परयो ।।

चर्चामा

सम्बन्धित समाचार