शुक्रबार, साउन १, २०८३
शुक्रबार, साउन १, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • विश्व सिमसार दिवस,५० बर्षदेखि उस्तै रारा

विश्व सिमसार दिवस,५० बर्षदेखि उस्तै रारा

  • सोमवार, माघ १९, २०८२
विश्व सिमसार दिवस,५० बर्षदेखि उस्तै रारा

मुगु —रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको ५० बर्ष सम्म उस्तै छ । नत पूर्बाधार बनेका छन नत पर्यटकिय आगमनमा बृद्धि हुन सकेको छ ।रारा छाप्रु, गाउँका रैथाने शाहबंशलाई बाँके चिसापानी गाबर सारेर बन्यजन्तु पंक्षि र जैबिक विबिधता संरक्षणको लागि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज घोषणा भएको ५० बर्ष सम्म कुनै रुप फेरिएको छैन ।रारामा केबुलकार बन्ला, ठूल्ठूला तारा होटल निर्माण होलान ताल वरिपरि बिद्युतले झिलिमिलि होला जताततै बिदेशी पर्यटक घुमेको देखिएला भन्ने स्थानीयको आसा अहिले निरासामा परिणत भएको छ ।२०६३ साल असोज १० गते रारा सिमसार सुचीमा सुचिकृत भएको हो । सोही सालमै रारा मध्यवर्ती घोषणा गरिएको थियोकागजी रुपमा राराको धेरै रुप बदलिएको र बास्तबिक रारा मुहार नफेरिएको रारा मुर्मा गाउँ स्थानीय बिर्खबहादुर रोकायाले बताउनु भयो ।

मध्यवर्ती घोषणा भएको १६ बर्ष सम्म पनि स्थानीयले कुनै लाभ र बिकासको अनुभव गर्न नसकिएको रोकायाको भनाई छ ।२०३२ साल देखि २०६० सालको अबधि सम्म रारामा मौसम अनुकल बिभिन्न प्रजातिका प्राकृति फूलहरु फुलेर रमणीय देखिन्थ्यो तर पछिल्लो पटक जलवायू परिर्वतन पशुचौपाय बस्तु चरिचरन जस्ता कारणले बनस्पति र फूलहरु लोपहुदै गएका छन ।२०३२ साल सम्म रारा बन जंगल क्षेत्रमा प्रसस्तै देखिने डाँफे, कालिज, ढुकुर, कोइली, च्याखुरा, चिर कालिज, तिथ्रा लगायत चराहरु पनि हराउदै गएका छन ।हिउँदमा चिसो कटाउन हिउ खेल्न साइबेरिया नैनीताल बाट हाँस करयाङगुरुङ प्रजातिका पाहुना चराहरु पति प्रयाप्त मात्र आउन छोडेका छन ।
सिमित चराहरु मात्र नभएर बदेल, घोरल, भालु, हिमचितुवा, रतुवा,कस्तुरी मृगको संख्या पनि अत्यन्तै न्यून रहेको पाइएको छ ।

मुर्मा, झयारी, पिना, टोप्ला, माथितुम, सायाँखोला, कार्कीबाडा, लगायत दर्जनौ मध्यवर्ती क्षेत्र भित्रका स्थानीयले रारा निकुञ्ज भित्र छाडा चौपाय बस्तु छोडदा जैबिक बिबिधता देखि बन्यजन्तु चराहरु बढी प्रभावित भएका छन ।
राष्ट्रिय निकुञ्ज बिभागले २०२२ सम्म रारा ताल वरिपरिका भौतिक संरचना होटेल निकुञ्जको कार्यालय बाहिर सार्ने तयारी गरिएको रारा राष्टिय निकुञ्जको कार्यालयले जनाएको छ ।२०६२ सालमा हवाई सेवा सुरु र २०६९ साल देखि मुगु सडक सञ्जालमा जोडिए पछि शहरी क्षेत्रमा बाट आन्तरिक पर्यटक तथा केही बाहय पर्यटक रारा घुमफिर गर्न आउन सुरु गरेको पाइएको छ ।

रारा घुमफिर गर्ने आन्तरिक पर्यटकको संख्या बर्षेनी १२ हजार भन्दा माथि छैन भने बिदेशी पर्यटक अत्यन्तै न्यून छन ।रारा तालको गहिराई १ सय ६७ लम्बाई ५ किलोमिटर र चौडाइ ३ किलोमिटर र कुल क्षेत्रफल १०.८ बर्गकिलोमिटर रहेको निकुञ्ज कार्यालयका रेन्जर रनबहादुर रोकायाले बताएसमुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा अबस्थित राराको राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायाँनाथ रारा नगरपालिका सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनका सुन्दरी गाउँपालिकको भु–भाग समेत ओटेको छ ।

चर्चामा

सम्बन्धित समाचार