मुगु —मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँमा मतदान केन्द्र तोकिएको छ तर त्यहा“ मतदाता छैन । जाडो कटाउन सबै बेशीतिर झरेका छन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उक्त गाउको मतदान केन्द्रमा कसले मतदान गर्ने भन्ने अन्योल देखिएको छ । मतदान केन्द्र रहेको मुगु गाउ“मा तीन जना गुम्बा पुजारी बाहेक अरु मान्छे छैनन हिउदको जाडो कटाउन सबै बाहिर गएको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले जानकारी गराए । गर्मी सुरु भएपछि चैत पहिलो साता मात्र स्थानीय गाउ“ फर्किने गरेको अध्यक्षको भनाई छ ।
अध्यक्ष लामाका अनुसार अत्याधिक जाडो र हिमपातले गर्दा स्थानीय गाउ बस्न नसक्दा ५ महिनाको लागि गाउ छोडेर बाहिर जाने र गर्मी मौसम सुरु भएपछि बल्ल गाउ“ फर्किने गरेका छन । स्थानीय गाउ नफर्किए सम्म २१ गते हुने निर्वाचनमा कसले मतदान गर्ने भन्ने अन्योल देखिएको उनको भनाई छ । समुद्री सतह देखि करिव ३३ सय मिटर उचाईमा अबस्थित तिब्बत सिमा क्षेत्र संग जोडिएको मुगु गाउ हिजोआज मानव बिहिन अबस्थामा छ । करिव १ सय २० घरधुरी र ३ सय बढी मतदाता संख्या रहेको मुगु गाउ“मा बचन बोल्ने गुम्बा, डाडो गुम्बा र खातुम गुम्बाका तीन जना पुजारी मात्र छन जाडो कटाउन गत मंसिर पहिलो साता नै घरको ढोका बन्द गरेर सबै स्थानीय गाउ“ छोडेर बाहिएका छन
। सिमा क्षेत्र मुगु गाउमा रहेको प्रहरी चौकी पनि बन्द छ । त्यहा कार्यरत प्रहरी जवान पनि गत मंसिर नै जाडो कटाउन पुलु प्रहरी चौकी र जिल्ला सदरमुकाम गमगढी सारिएको छ । जाडो कटाउन स्थानीय बाहिए पछि मुगु गाउको स्कुल स्वास्थ्य चौकी वडा कार्यालय पनि बन्द छ । मुगु गाउका सम्पूर्ण बिकास निर्माणका पनि पनि बन्द छन । गाउ“ देखि डेढ घण्टा तल सिरानचौरमा अस्थायी बिद्यालय स्थापना गरि बालबालिकालाई पढाउने गरिएको छ ।