बुधबार, माघ २८, २०८२
बुधबार, माघ २८, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • निर्वाचन नजिकीदै गर्दा उम्मेदवार भोट माग्न दौडधुप

निर्वाचन नजिकीदै गर्दा उम्मेदवार भोट माग्न दौडधुप

मतदाता भन्छन चुनाव जीतपछि हामीलाई बिर्सिन्छन

  • मङ्लबार, माघ २७, २०८२
निर्वाचन नजिकीदै गर्दा उम्मेदवार भोट माग्न दौडधुप

मतदाता भन्छन चुनाव जीतपछि हामीलाई बिर्सिन्छन
मुगु—आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकीदै गर्दा यहाका दलका उम्मेदवारहरु मतदाता संग भोट माग्न दौडधुप गर्न थालेका छन ।प्रत्येक बस्तीमा पुगेर मतदाता संग भोट माग्न उम्मेदवार रातदिन दौडधुप तिर लागेका छन । भोट हाल्ने दिन नजिकीदै गर्दा उम्मेदवार कार्यक्रताहरु लाई भ्याइनभ्याई हुन थालेको छ ।कांग्रेस उम्मेदवार बनेका नेता खडगबहादुर शाही, नेकपा एमाले बाट पूर्णबहादुर रोकाय, नेपाली कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाही, रास्वपा बाट भुवन टमाटा, माओबादी पार्टी बाट रंगबीर परियार, राप्रपा बाट बलबहादुर मल्ल र प्रगतीशिल दुर्गम गाउँबस्तीमा पुगेर कार्यकर्ता भेटघाट कोण सभा घरदैलो गर्न दौडधुप गर्न थालेका छन । उम्मेदवारहरुले मतदाता संग आफना चुनवी एजेण्डा सुनाएर भोट माग्ने गरेका छन ।

एक निर्वाचन क्षेत्र चार स्थानीयतह र ३६ हजार मतदाता संख्या रहेको मुगु जिल्लामा राजनीतिक दलका उम्मेदवार कसरी चुनाव जित्ने भनेर भोट बटुल्न रातदिन गाउ“बस्तीतिर दौडधुप गर्न थालेका छन ।४५ वटा वडा र २५६ वटा बस्ती रहेको मुगुमा तीन ठूला दल कांग्रेस एमाले र नेपाली कम्यूनिष्ट पार्टीको मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी गठबन्धन कसै संग नभएको हुदा उम्मेदवार चुनाव जित्न चुनौती देखिएको छ ।कांग्रेसका उम्मेदवार खडगबहादुर शाही पहिलो चरणमा खत्याड, सोरु मुगुम कार्मारोङ गाउ“पालिका र छायानाथ रारा नगरपालिका सबै बस्तीमा पुगेर मतदाता संग भोट मागेर पुन बस्ती दोहोरयाउन तर्फ लागेका छन ।

नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकाया पनि मुगु जिल्लाका प्राय सबै बस्तीमा पुगेर मतदातालाई आफना प्रतिबद्धता सुनाउदा भोट माग्ने भ्याइनभ्याई छ त्यसै नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार चन्द्रबहादुर शाही पनि नगरपालिका भित्रका सबै बस्ती मुगुम कार्मारोङ गाउ“पालिका सबै बस्तीमा पुगेर भोट बटुल्न दौडधुप गरि रहेका छन ।राति अबेर सम्म पनि उम्मेदवारहरु मतदातालाई भेटेर भोट माग्ने गरेका छन । त्यसै गरि रास्वपाका उम्मेदवार भुवन टमाटा नेकपा माओबादीका उम्मेदवार रंगबीर परियार राप्रपाका बलबहादुर मल्ल पनि दुर्गम गाउ“बस्तीमा पुगेर मतदातालाई फगाउदै भोट माग्ने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार