मङ्लबार, बैशाख ८, २०८३
मङ्लबार, बैशाख ८, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगुमा २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

  • शुक्रबार, फाल्गुन २२, २०८२
मुगुमा २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगु – मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकि छ । मुगु जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको सदरमुकाममा पुग्न बाँकि रहेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।उनका अनुसार खत्याड गाउँपालिकामा १९ , सोरु गाउपालिका १ , मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकि रहेको प्रजिअ खत्रीको भनाई छ । सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्बदलिय बैठक बसि मतगणना कार्य अगाढी बढाईने उनको भनाई छ । भोली बाट मतगणना सुरु हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार