बिहिबार, चैत्र ५, २०८२
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • प्रधानमन्त्री सुशिला कार्कीद्धारा रारा ताल भ्रमण

प्रधानमन्त्री सुशिला कार्कीद्धारा रारा ताल भ्रमण

  • बिहिबार, चैत्र ५, २०८२
प्रधानमन्त्री सुशिला कार्कीद्धारा रारा ताल भ्रमण

मुगु —प्रधानमन्त्री सुशीला कार्कीले मुगु पर्यटकिय गन्तब्य रारा तालको भ्रमण गरेकी छन । प्रधानमन्त्री कार्की आज बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत मुगु को रारा ताल पुगेर अवलोकन गर्नु भएको छ ।
रारा ताल अवलोकन संगै प्रधानमन्त्री कार्कीले जिल्लाका सुरक्षा निकायका प्रमुख हरूसँग भेटेर मुगु जिल्लाको अबस्था बारे जानकारी लिएकी छन  प्रधानमन्त्री कार्कीले   कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद समेत दिएकी छन ।

। प्राकृति सुन्दरताले भरिपूर्ण रारा ताल मनमा दृश्य विश्वकै पवित्र जलसँगै सुन्दर रमणीय भएको प्रधानमन्त्री कार्कीले बताइन ।रारा स्वदेशी मात्र होइन विदेशी पर्यटकहरूलाई पनि आकर्षण गन्तब्य बन्न सक्ने प्रधामनत्ती कार्कीको भनाई छ ।
रारा भ्रमण सकेर प्रधानमन्त्री कार्की जुम्ला भ्रमण जानु भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार जुम्ला भ्रमणपछि प्रधानमन्त्री कार्की आज दिउसो समय मिलेपछि कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्ने र भोली बिहान जुम्लाको प्रशिद्व मन्दिर चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेका जानकारी गराउनु भएको छ । तस्विर प्रधानमन्त्रीको सचिवालय

चर्चामा

सम्बन्धित समाचार