आइतवार, चैत्र ८, २०८२
आइतवार, चैत्र ८, २०८२
  • होमपेज
  • देश
  • आज देशभर मध्यम वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

आज देशभर मध्यम वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

  • शनिबार, चैत्र ७, २०८२
आज देशभर मध्यम वर्षा र उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौ —देशभर आज बादल लाग्ने मध्यम बर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा बादल लाग्ने बर्षा हुने भएको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित मध्यमसम्मको वर्षा÷हिमपात रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जन हावाहुरीसहित मध्यम वर्षा र उच्च पहाडी भू भागमा हल्क हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार