मङ्लबार, चैत्र १७, २०८२
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • जुम्लाकी राममाया चीनको चेन्दु ट्रेल रेसमा प्रथम

जुम्लाकी राममाया चीनको चेन्दु ट्रेल रेसमा प्रथम

  • सोमवार, चैत्र १६, २०८२
जुम्लाकी राममाया चीनको चेन्दु ट्रेल रेसमा प्रथम

मुगु —कर्णाली प्रदेश अन्त्र्रगत जुम्लाकी अल्ट्रा धावक राममाया बुढा चीनमा भएको चेन्दु ट्रेल रेसमा प्रथम भएकी छन । अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै उनले अर्को सफलता हासिल गरेकी छन ।

नेपाली महिला ट्रेल रनिङ खेलाडी राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल पावर्ड बाई टिसाइगु अन्तर्गत महिला ६० किमीतर्फ पहिलो स्थान हात पारिन् । उनले निर्धारित दूरी ६ घण्टा ६ मिनेट ५७ सेकेण्डमा पूरा पहिलो स्थान हात पार्दा खुशी लागेको राममायाले प्रतिक्रिया दिइन । आगामी दिनमा पनि अल्ट्रा रेसमा राम्रो प्रदर्शनलाई निरन्तरता दिने उनको लक्ष्य छ । एथ्लेटिक्सको राष्ट्रिय प्रतियोगिता, क्रिस कन्ट्री दौड, रोड रेस हुँदै पछिल्लो समय अल्ट्रा रेसलाई नै निरन्तरता दिएकी राममायाले नयाँ विधामा पनि आफूलाई प्रमाणित गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार