मङ्लबार, चैत्र १७, २०८२
मङ्लबार, चैत्र १७, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीलाई बिकासमा बिभेद हुदैन न्याय हुन्छ, प्रधानमन्त्री शाह

कर्णालीलाई बिकासमा बिभेद हुदैन न्याय हुन्छ, प्रधानमन्त्री शाह

  • सोमवार, चैत्र १६, २०८२
कर्णालीलाई बिकासमा बिभेद हुदैन न्याय हुन्छ, प्रधानमन्त्री शाह

काठमाडौ —प्रधानमन्त्री बालेन शाहले कर्णालीलाई अब सरकारले विकास निर्माण र बजेट बिनियोजना विभेद नगर्ने र न्याय नै गर्ने बताएका छन ।सोमबार कर्णाली प्रदेशका नवनिर्वाचित संघीय सांसदसँगको छलफल गर्दै प्रधानमन्त्री शाहले अब विकास निर्माणमा कर्णालीलाई प्राथमिकता राख्ने र कुनै विभेद नहुने बताएका छन ।
प्रधानमन्त्री शाहले कर्णालीका सांसदलाई भने बिगत बर्षहरुमा जे जस्तो भयो अब यो सरकारले कर्णालीलाई बिकास निर्माण बिभेद गर्ने छैन । प्रधानमन्त्री शाहले कर्णालीको दीगो तथा समावेशी विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन ।कर्णाली प्रदेशको पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधार, रोजगारी सिर्जना र स्थानीय स्रोत–साधनको सदुपयोगका विषयमा विस्तृत छलफल भएको छ । जुम्लाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री समक्ष ९ बुँदे माग राखेका छन् ।
कर्णालीको बिकास निर्माण संगै आगामी बजेट नीति तथा कार्यक्रमको निम्ति छलफल गर्न प्रधानमन्त्री शाहले कर्णाली प्रदेश सांसदहरुलाई सिहदरबार बोलाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार