काठमाडौ —सिनियर अनमि सरिता कुमारी शाहीलाई नेशनल सोसल वेलफेयर अवार्ड बाट सम्मानित गरिएको छ । मुगु जिल्ल्ला सोरु गाउ“पालिका—९ कालैमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र र ब्याकटुलाईफको आर्थिक सहयोगमा निर्मित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमि सरिता कुमारी शाहीलाई अवार्ड प्रदान गरिएको हो
सिजन मिडियाद्वारा आयोजित आज काठमाडौ स्थित राष्ट्रिय नाचघरको सभाहलमा नेसनल सोसल वेलफेयर अवार्ड २०२५ कार्यक्रममा कार्यबाहक प्रमुख निर्बाचन आयुक्त राम प्रसाद भण्डारीले अनमि सरितालाई अवार्ड प्रदान गर्नु भएको छ ।
बिगत लामो समय देखि कर्णाली प्रदेशको मुगुको दुर्गम गाउमा रहेर स्वास्थ्य क्षेत्रमा सक्रिय रहि गर्भवती महिलाहरुको प्रसुती सेवा तथा स्थानीय जनताको प्राथमिक उपचारमा यहाले पुरयाएको सहयोग र योगदान समाजमा सकरात्मक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्बाह गरेको हुदा अनमि सरितालाई यो नेशनल सोसल वेलफेयर अवार्ड २०२५ बाट सम्मानित गरिएको सिजन मिडिया प्रा लिका अध्यक्ष प्रदिपराज पन्तले बताउनु भयो ।
सिजन मिडियाका अध्यक्ष पन्तका अनुसार कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत तथा संस्थागत प्रयासहरूको कदर गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको बताउनु भयो
सिजन मिडियाले सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा आपतकालीन उद्धार (महामारी, बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेला) मा अग्रपंक्तिमा रहेर उल्लेखनीय योगदान पु¥याएका व्यक्ति र संस्थालाई रहेक बर्ष अवार्ड प्रदान गर्दै आएको छ । यो पटक सिजन मिडियाले अनमी सरिता सहित बिभिन्न क्षेत्रमा सामाजिक कार्यमा योगदान पुरयाउने डेढ दर्जन ब्यक्तिलाई अवार्ड प्रदान गरेको छ ।