काठमाडौ —काठमाडौँ महानगरपालिका —१५ को आयोजनामा आज देखि स्वयम्भू महोत्सव हुदैछ । उक्त महोत्सव वैशाख १२ गतेदेखि १९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । १५ नम्बर वडाको प्राचीन धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक मठ मन्दिर, चैत्य, गुम्बासहितको पहिचान, मूर्त सम्पदा तथा संस्कृति र परम्परा जस्ता विविधतायुक्त अमूर्त सम्पदाको अवस्थिति अद्वितीय छ ।
वडाध्यक्ष ईश्वरमान डंगोलका अनुसार स्थानीयबासीको चाहना र यहाँहरुले गरेको निर्णयका आधारमा महोत्सव संचालन गर्न लागेको हो ।
यसकारण महोत्सवमा वडाबासी तथा छिमेकी वडावासी, समुदाय, निजी तथा सामाजिक क्षेत्र सबैको सहभागिताको आग्रह गरिएको उनको भनाई छ । वडाअध्यक्ष भन्छन यो महोत्सव वर्ष भुईँखेल, भूकम्प पार्क छाउनी, किमडोल, विजेश्वरी, डल्लु, डल्लु आवास गणेश स्थान, चमती दवू र अन्नपूर्ण क्षेत्र गरी ८ स्थानमा आयोजना हुने छ ।
वडाध्यक्ष डंगोलको अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । स्वयम्भू महाचैत्य, महाचैत्य स्थापनासँग मञ्जुश्रीको सम्बन्धका विषयमा जोडिएको लोककथा, जामुन गुमाजुको तान्त्रिक विद्यामा आधारित शान्तिपुर यस क्षेत्रका महत्वपूर्ण स्मारक हुन् । यस्तै शक्तिपीठहरुमा शोभा भगवतीको मन्दिर, तान्त्रिक विद्यामा आधारित विजेश्वरी मन्दिर, गीता मन्दिर सांस्कृतिक पर्यटनका सम्भावित स्थान हुन ।