शनिबार, जेष्ठ १६, २०८३
शनिबार, जेष्ठ १६, २०८३
  • होमपेज
  • समाज
  • कर्णालीका आमालाई सबैभन्दा बढी दुःख छ, सोनाम भुटी

कर्णालीका आमालाई सबैभन्दा बढी दुःख छ, सोनाम भुटी

  • शनिबार, जेष्ठ १६, २०८३
कर्णालीका आमालाई सबैभन्दा बढी दुःख छ, सोनाम भुटी

सुर्खेत -डोल्पाकी सोनाम भुटीले कर्णालीका आमाले सबैभन्दा बढी दुःख भोग्नु परेको बताइन । उनी डोल्पा छार्का स्कुलमा कार्यरत शिक्षिका हुन । शनिबार कर्णाली प्रदेश सुर्खेतमा आयोजित कर्णाली छोरी सम्मेलनको दोश्रो संस्करण कार्यक्रममा बोल्दै सोनामले कर्णालीका आमाहरु चुलोचौको घरधन्दा देखि खेतीपाती पानी पधेरो र बिकास निर्माणका काममा समेत ब्यस्त हुनु पर्ने बाध्यतात्मक परिस्थिति गर्दा सारै दुःख सहनु परेको बताइन ।

कर्णालीका आमाहरु पुरुष भन्दा बढी मिहिनेत र परिश्रम गर्ने गरेको उनले भनिन् इतिहास काल देखि नै पुरुषहरु बाहिरि काममा जान र महिलाहरु चुलोचौकीमा ब्यस्त हुनु पर्ने परम्परा अझै एथावत छ । बढी कामको बोझले गर्दा कर्णालीका महिला राम्रो लगाउन र मिठो खान अझै नपाएको सोनामको भनाई छ । उनी भन्छिन् बिशेष गरि कर्णालीका आमाहरुलाई जनचेतना अभिबृद्धि गर्न र राज्यको पहु“चमा पुरयाउन सरकारले ध्यान दिनु पर्ने आबश्यक देखेको छु । कर्णालीका आमाहरु अझै बोल्न आफनो समस्या ढुक्क साथ राख्न लजाउने गरेको सोनामले बताइन ।

शिक्षा बाट बञ्चित भएका मेरो गाउका बालबालिका शिक्षा प्रदान गर्न मैले शिक्षक पेसा रोजेको उनले सुनाइन । उनले भनिन दुर्गम पिछडिएको मेरो गाउ“लाई संसारभरि चिनाउन मेरो अर्को लक्ष्य हो । सोनामका अनुसार गाउ“का बालबच्चा पिडित छ सरसफाई कमी छ, चिसोले हातमुख फाटेको छ यस्तो जटिल समस्या हुदा पनि पढाइमा अग्रसर देखिएका छ ।

गाउ बस्तीमा भ्रष्टचार भनेको सबैलाई थाहा छ तर बोल्न सक्दैनन उनले भनिन । कर्णालीकी छोरी निडर हुनुपर्छ, आफनो भबिष्य बारे चिन्तन गरेर अघि बढनु पर्ने सोनामले सुझाव दिइन । पैसाले धेरै रोल खेल्छ तर अर्काको पैसा लिनु पर्छ भन्न खोजेको होइन उनले भनिन मिहिनेत र परिश्रम गर्न सक्नु परयो आत्मबल कमजोर गर्नु भएन । कार्यक्रममा सोनामले आफनो समुदायको समस्या पनि दर्शाइन । मेरो फोजी छैन मोवाइल टावरले राम्रो काम गर्दैन ओकेटोलेको भरपर्नु परेको छ । यो समस्या सरकारले बुझिदिनु पर्छ सोनामले सनाईन ।

चर्चामा

सम्बन्धित समाचार