मुगु —कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष (०८३÷०८४) को नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको छ ।प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्ण पाठ वाचन गर्नु भएको छ । आगामी वर्ष २०८३–०८४ को बजेटमा कर्णाली प्रदेश सरकारले विगतदेखि नै कार्यान्वयनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा राखिएको छ ।
मुख्य बुदाहरु
१ स्वस्थ माटो दिगो उत्पादन
२ एक स्थानीयतह एक कृषि पाठशाला
३ सिक्दै सिकाउदै
४ बाली बिशेष उत्पादन मिसन अभियान
५ एक गाउ“ एक ब्याबसायिक फलफुल बगैचा
६ रैथाने बाली आत्म निर्भर कर्णाली
७ कर्णाली हाई भ्यालु कप करिडोर
८ कृषि सिप तथा उद्यम बिकास हव
९ आफनै गोठ आफनै श्रोत
लिटिल डाक्टर कार्यक्रम
१० कर्णाली समग्र आरोग्य अभियान
११ एक घर एक धारा
१२ कर्णालीको पानी जनताको लगानी
१३ दिगो बन समृद्धि जीवन
१४ संचारको गन्तब्य नेपाल नेपालको गन्तब्य कर्णाली
१५ एक स्थानीयतह एक सर्बयाम सडक
१६ सुरक्षित दिगो हरित पहुचयुक्त पूर्बाधार
१७ मुख्यमन्त्री संग नागरिक संवाद कार्यक्रम