आइतवार, जेष्ठ २४, २०८३
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • समाज
  • कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई निर्वाचित

कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई निर्वाचित

  • आइतवार, जेष्ठ २४, २०८३
कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा संगिता दमाई निर्वाचित

मुगु  – कर्णाली प्रदेशका १० जिल्लाका छोरीहरूको प्रतिनिधित्व रहने गरी गठन गरिएको कर्णाली छोरी सञ्जालको प्रदेश अध्यक्षमा कालिकोटकी संगिता दमाई निर्वाचित भएकी छन । श्री ज्योति फाउण्डसनको आयोजनामा कर्णाली छोरी सम्मेलन–२०८३ अन्तर्गत आयोजित प्रदेशस्तरीय भेलाले दमाईको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति गठन गरेको फाउण्डेसनकी अध्यक्ष ज्योति कटुवालले बताइन । उनको अनुसार समितिको उपाध्यक्षमा जुम्लाकी सुष्मा हमाल, सचिवमा दैलेखकी मुना शर्मा, सहसचिवमा रुकुम पश्चिमकी विजया पुन मगर र कोषाध्यक्षमा सुर्खेतकी गौमाया अधिकारी चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा सुर्खेतकी पद्मा राजी, हुम्लाकी ल्हामु तामाङ, जाजरकोटकी समीरा गौतम, डोल्पाकी कल्पना सार्की, मुगुकी सरस्वती बुढा र सल्यानकी डुनिका बस्नेत रहेका छन । कर्णालीका छोरीहरूको नेतृत्व विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणलाई लक्षित गर्दै आयोजित कर्णाली छोरी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको फाउण्गेसकी अध्यक्ष कटुवालको भनाई छ ।

सम्मेलनमा प्रदेशका १० वटै जिल्लाबाट सहभागी छोरीहरूले आफ्नो भोगाइ, चुनौती र सफलताका कथाहरू प्रस्तुत गरेको आयोजकले जनाएको छ । नवनिर्वाचित प्रदेश अध्यक्ष दमाईले कर्णालीका छोरीहरूको हक, अधिकार, शिक्षा, स्वास्थ्य र नेतृत्व विकासका सवाललाई सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएकी छन । प्रदेशका सबै जिल्लाका छोरीहरूलाई सञ्जालमा आबद्ध गर्दै उनीहरूको आवाज नीतिगत तहसम्म पु¥याउन पहल गर्ने उनले बताइन । अघिल्लो कार्यकालमा ६ सय ६९ जना छोरीहरु संजालमा आवद्द भइसकेको फाउण्डेसनले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार