शुक्रबार, जेष्ठ २९, २०८३
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • दिगो पर्यटन पर्यद्धनको लागि जुम्ला गिडिदह जलवायु सम्मेलन गरिदै

दिगो पर्यटन पर्यद्धनको लागि जुम्ला गिडिदह जलवायु सम्मेलन गरिदै

  • शुक्रबार, जेष्ठ २९, २०८३
दिगो पर्यटन पर्यद्धनको लागि जुम्ला गिडिदह जलवायु सम्मेलन गरिदै

मुगु —जुम्ला गिडिदह ताललाई दिगो पर्यटन प्रवद्र्धनको लागि बिकास गर्न जलवायु सम्मेलन गर्न लागिएको छ । जुम्ला तातोपानी गाउँपालिका–४ को आयोजनामा यही जेठ ३० र ३१ गते ‘गिडिदह पर्यटन प्रवद्र्धन तथा जलवायु सम्मेलनको आयोजना गर्न लागिएको हो । संघीय पूर्व वनमन्त्री माधव चौलागाईले आफनो समाजिक सञ्जालमा गिडिदह जलवायु सम्मेलन गरिने उल्लेख गर्नु भएको छ ।

गिडीदह पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको क्ष्तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । प्राकृतिक दृश्य, जैविक विविधता तथा धार्मिक–सांस्कृतिक महत्वले भरिएको यस ठाउँलाई दिर्घकालीन पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित जलवायु सम्मेलन गर्न लागिएको अध्यक्षको भनाई छ ।

उक्त सम्मेलनमा देउडा सांस्कृतिक प्रस्तुति, स्थानीय कला–संस्कृतिको प्रदर्शनी तथा गिडिदह क्षेत्रको अवलोकन भ्रमण समेत गरिने तातोपानी गाउँपालिकाले जनाएको छ । जलवायु संकट, दिगो विकास, प्राकृतिक स्रोत संरक्षण तथा स्थानीय सरकारको भूमिकाबारे विस्तृत छलफल हुने आयोजकले जनाएको छ ।।

चर्चामा

सम्बन्धित समाचार