मुगु —हुम्ली सदरमुकाम सिमकोटमा स्थानीयले आज बिरोध प्रर्दशन गरेको छ । बाजुराका स्थानीयले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक बन्द गरेपछि हुम्लीका स्थानीयले सिमकोटमा बिरोध प्रर्दशन गरेको छ । हुम्ला सिमकोट बजारमा स्थानीयले जिल्ला प्रशासन कार्यालय पुगेर बिरोध प्रर्दशन गरेका छन । बाजुराले सडक अबरुद्ध गर्दा हुम्लालाई अन्याय भएको भन्दै एथाशिघ्र सडक खुलाउन माग गरेका छन् । कर्णाली करिडोरद्धारा हुम्लामा दैनिक उपभोग्य समान बिकास निर्माणका समाग्री हुने भएको हुदा बन्दले आपूर्तीमा ठप्प भएको कठिन भएको हुम्लाका स्थानीयको भनाई छ ।
बाजुराका स्थानीयले रानीसैन बारे आफ्नो माग सम्बोधन नभएको भन्दै धुलाचौर सडक खण्डमा बन्द गर्दा हुम्ला मुगु जाने सवारी साधन रोकिएका छन । रानीसैन क्षेत्र बिबाद समस्या समधानको लागि विभिन्न क्षेत्र बाट पहल छलफल भए पनि निष्कर्ष नपुग्दा फेरि बिबादले रुप लिएको छ ।