सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • सातै प्रदेश सरकारले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै

सातै प्रदेश सरकारले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै

  • सोमवार, असार १, २०८३
सातै प्रदेश सरकारले आज आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौ —आज सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन । विगत भन्दा यस बर्ष प्रदेश सरकारहरूले व्यवहारिक र कार्यान्वयन मुखी बजेट ल्याउन लागेका छन । प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी आर्थिक वर्षका लागि आय व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्बाधार निर्माण, पर्यटन, ग्रामिण सडक निर्माण, एकिकृत बस्ती बिस्तार खेलकुद, महिला शसस्तिकरण लिगायत बिषयलाई ध्यानमा राखेर सात वटै प्रदेश सरकार बजेट ल्याउन लागेका हुन । कानुन अनुसार प्रत्येक वर्ष असार १ गते प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ ।प्रदेश अनुसार बजेट प्रस्तुतिको समय तालिका फरक–फरक तय गरिएको छ ।

मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्ने भएको छ । कर्णाली प्रदेश सरकारले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ । कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची बनाएका छन् । लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे बजेट सार्वजनिक गर्ने कार्यसुची रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार