मुगु – मुगु पूर्वी उत्तरी सिमाना संग जोडिएको मुगुम कार्मारोड गाउपालिका—७ मह गाउका २७ बर्षिय पेमा तामाङ यार्सा टिप्न पाटन जा“दा लेक लागेर मृत्यू भएको छ । जेठ तेश्रो साता पैसाको लोभले यार्सा टिप्न पाटन गएका र लेक लागेर बिरामी हुदा उद्धारकै क्रममा बीच बाटोमा मृत्यू भएको सोही गाउ“का छिरिङ तामाङले बताए । त्यसै गरि मुगुम कार्मारोङ गाउँपालिका–३ खारी गाउँका ४४ बर्षिय ग्याम्जो तामाङले गत बर्ष यार्सा टिप्न जाँदा ज्यान गुमाए ।
यार्साको लोभले पाटन उक्लिदा पेट दुखेर अकालमा उनको ज्यान गएपछि श्रीमति झोवा तामाङलाई अहिले दुई बच्चा हुकाउन घर धन्दा चलाउन कठिन छ । गरिवीका कारण पैसा कमाउने लोभले मेरो श्रीमान यार्सा खोज्न पाटन जा“दा अकालमा ज्यान गयो अहिले मलाई बालबच्चा हुर्काउन खेतीपाती गर्न कठिनाई भएको झोवाको भनाई रहेको छ ।
त्यसै गरि माग्री गाउँका कार्माटोण्डुल तामाङ बन गुच्ची च्याउ टिप्न जाँदा भीर बाट लडेर मृत्यू हुदा श्रीमति छिजुलाई बाल बच्चा पाल्नै गाह्रो भएको छ ।यार्सा टिप्न गएको बेला हिमपहिरोमा परि कार्ति गाउँका छिरिङ तामाङको ज्यान गएपछि परिवारको अबस्था बेहाल छ । उनकी श्रीमति भिन्जुङ तामाङलाई बालबच्चा हुर्काउन र घरखर्च धान्न सास्ती खेप्नु परेको छ ।
जडिबुटीको लोभले श्रीमानको ज्यान गएपछि छोराछोरी पाल्न घरधन्दा चलाउन सारै कष्ट भोग्न परि रहेको छिन्जु तामाङले सुनाइन । पैसा कमाउन अन्य माध्यम नहुँदा जडिबुटीले श्रीमानको ज्यान गएको उनले दुखेसो पोखिन । जडिबुटीको लोभले गर्दा कार्मारोङ गाउँपालिकाका स्थानीयको हरेक बर्ष अकालमा ज्यान गुमाउन बाध्य छन ।
मौसम अनुसार उम्रिने जडिबुटी यार्सा, गुच्ची च्याउ, बन लसुन, चिराइतो जस्ता खोज्न पाटन देखि भीर सम्म उक्लिदा कोही लडेर त कोही लेक लागेर अकालमा ज्यान जाने गरेको छ । यार्सा खोज्न समुद्री सतह देखि ४५ सय मिटर उचाई अग्ला हिमश्रृङलामा पुग्नु पर्दा कोहीलाई लेक दम लागेर ज्याने कोही हिमपहिरोमा पुरिने त कोही भीर चढदा खुट्टा चिप्लिएर मृत्यू हुने गरेको स्थानीय गुरु स्याङग्याप तामाङले सुनाए ।
उनका अनुसार गरिवीले गर्दा यहाँका स्थानीय जडिबुटी खोज्न अग्ला हिमाल ठूला भीर पहरातिर उक्लिदा हिमपहिरोमा छोपिने लेकदम लागेर मर्ने कोही भीर बाट चिप्लिएर अकालमा ज्यान जाने गरेको छ ।कोही उद्धार गर्दा गर्दै मृत्यू हुने र कोही मृत्यू भएको दुई तीन दिन पछि मात्र थाहा हुने उनले सुनाए । जडिबुटी टिप्न बाटै कार्मारोङमा बर्षेनी ३ देखि ४ जनाको ज्यान जाने गरेको पाइएको छ ।
पैसाको लोभले जडिबुटी टिप्न अप्ठेरो स्थानमा जाँदा बर्षेनी ३ देखि ४ जनाले अकालमा ज्यान गुमाउने गरेको पालिका अध्यक्ष छिरिङक्याप्ने लामा भन्छन आम्दानीको मख्य श्रोत जडिबुटी भएकोले ज्यानको बाँजी थालेर टिप्न जान्छन । जडिबुटीकै कारणले कोही अंगभङ समेत भएका छन ।