शुक्रबार, असार ५, २०८३
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • समाज
  • काठमाडौंमा टोल टोल फिल्म महोत्सव शुभारम्भ

काठमाडौंमा टोल टोल फिल्म महोत्सव शुभारम्भ

  • शुक्रबार, असार ५, २०८३
काठमाडौंमा टोल टोल फिल्म महोत्सव शुभारम्भ

काठमाडौं – महानगरपालिकाले पहिलो पटक शुक्रवार देखि खुला मञ्चबाट टोल टोलमा फिल्म महोत्सवको शुभारम्भ गरेको छ । महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले उक्त महोत्सवको उदघाटन गर्नु भएको हो । भोली शनिबार असन बजारमा आयोजना गरिने भएको छ ।
खुला मञ्चमा अमन शाही निर्देशित सर्ट फिल्म ‘नन्द’, ताराङ् निर्देशित सर्ट फिल्म ‘सवारी साहित्य’ तथा इशान भुषाल निर्देशित सर्ट फिल्म पेन्गुइन रिभोलुसन प्रदर्शन गरिएका छन् ।

महोत्सवका कार्यक्रम असार महिना भरि हरेक शुक्रवार तथा शनिवार सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गरिने छ । कार्यक्रममा प्रदर्शन गरिने सर्ट फिल्म चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेशनल फिल्म फेस्टिभल नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन । शहरको जीवन्त जोगाउन र फिल्म क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु यसको उदेश्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार