कर्णाली राजमार्गको यात्रालाई सुरक्षित बनाउन केवल प्रतिबद्धता र भाषण मात्र पर्याप्त छैन। सडक चौडा गर्ने, भिर तर्फ सुरक्षित ’क्र्यास ब्यारियर राख्ने, सवारीको नियमित मेकानिकल जाँच अनिवार्य गर्ने र चालकहरूलाई सचेत गराउने जस्ता कार्यलाई तत्काल अघि बढाउनु आवश्यक देखिन्छ। अन्यथा, कर्णालीबासीले सडक विकासका नाममा आफ्नो ज्यानको आहुति दिइरहनुपर्ने नियति रोकिने छैन।
कमजोर सडक पूर्वाधार र साँघुरो बाटोः राजमार्गको अधिकांश खण्ड साँघुरो छ धेरै ठाउँमा अझै पिच गरिएको छैन र खाल्डाखुल्डीहरू प्रशस्त छन्।
तीव्र मोडहरूमा ब्लाइन्ड स्पट नदेखिने मोडहरू र प्यारापेट वा सुरक्षा पर्खालको चरम अभाव छ। भौगोलिक संवेदनशीलता र प्राकृतिक प्रकोपः यो क्षेत्र पहिरो र भूक्षयको उच्च जोखिममा छ। वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सवारी साधनको नियन्त्रण गुम्ने सम्भावना बढी हुन्छ।
सवारी साधनको कमजोर अवस्था र ओभरलोडिङः क्षमताभन्दा बढी यात्रु र सामान बोक्नु यहाँको मुख्य समस्या हो। साथै कडा र अप्ठ्यारो सडकमा पुराना तथा मर्मत नगरिएका सवारी साधनहरू गुडाउँदा प्राविधिक गडबडी जस्तैः ब्रेक फेल हुने कारण बनेका छन्। चालकको लापरबाही र थकानः साँघुरो र कठिन सडकमा पनि तीव्र गतिमा चलाउनु, ओभरटेक गर्नु र लामो दूरीको यात्रामा एक्लै निरन्तर गाडी चलाउँदा थकानका कारण चालकको ध्यान मोडिनु।
नियमित सडक अनुगमनको कमीः ट्राफिक प्रहरीको सीमित उपस्थिति र सडक सुरक्षा नियमहरूको फितलो कार्यान्वयन। कमजोर सडक पूर्वाधार र साँघुरो बाटोः राजमार्गको अधिकांश खण्ड साँघुरो छ धेरै ठाउँमा अझै पिच गरिएको छैन र खाल्डाखुल्डीहरू प्रशस्त छन्। तीव्र मोडहरूमा ब्लाइन्ड स्पट नदेखिने मोडहरू र प्यारापेट वा सुरक्षा पर्खालको चरम अभाव छ ।
भौगोलिक संवेदनशीलता र प्राकृतिक प्रकोपः यो क्षेत्र पहिरो र भूक्षयको उच्च जोखिममा छ। वर्षायाममा सडक हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा सवारी साधनको नियन्त्रण गुम्ने सम्भावना बढी हुन्छ। सवारी साधनको कमजोर अवस्था र ओभरलोडिङः क्षमताभन्दा बढी यात्रु र सामान बोक्नु (इखभचयिबमष्लन) यहाँको मुख्य समस्या हो। साथै कडा र अप्ठ्यारो सडकमा पुराना तथा मर्मत नगरिएका सवारी साधनहरू गुडाउँदा प्राविधिक गडबडी जस्तैः ब्रेक फेल हुनु रैथाने कारण बनेका छन्।
चालकको लापरबाही र थकानः साँघुरो र कठिन सडकमा पनि तीव्र गतिमा चलाउनु, ओभरटेक गर्नु र लामो दूरीको यात्रामा एक्लै निरन्तर गाडी चलाउँदा थकानका कारण चालकको ध्यान मोडिनु । नियमित सडक अनुगमनको कमीः ट्राफिक प्रहरीको सीमित उपस्थिति र सडक सुरक्षा नियमहरूको फितलो कार्यान्वयन ।
समाधानका उपायहरू
सडक स्तरोन्नति र सुरक्षा पूर्वाधार निर्माणः राजमार्गलाई तत्काल दुई लेनको बनाउने खाल्डाखुल्डी पुर्ने र ब्ल्याक टपिङ (पिच) कार्यलाई तीव्रता दिनुपर्छ। जोखिमपूर्ण मोडहरूमा अनिवार्य रूपमा क्र्यास ब्यारियर सडक बत्ती र ट्राफिक संकेतहरू (क्ष्नलदयबचमक) राख्न आवश्यक छ ।
१ कडा चेकिङ र ओभरलोडिङमा रोकः क्षमताभन्दा बढी यात्रु वा सामान बोक्ने सवारी साधनलाई कडा कारबाही गरिनुपर्छ। सडकका मुख्य नाकाहरूमा वे ब्रिज तौल मापन केन्द्र स्थापना गरी भार नियन्त्रण गर्नुपर्छ ।
२ समय–समयमा प्राविधिक जाँचः पहाडी बाटोमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको नियमित मेकानिकल जाँच अनिवार्य गरिनुपर्छ।
३ चालक व्यवस्थापन र सचेतनाः लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्था लागू गर्ने र चालकहरूलाई कठिन सडकमा गाडी चलाउने विशेष तालिम र परामर्श दिने।
४ प्रविधि र २४सै घण्टा निगरानीः गति नियन्त्रणका लागि राडार गन वा टाइम–कार्ड को प्रभावकारी प्रयोग गर्ने र दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल उद्धारका लागि र्यापिड रेस्पोन्स टिम र एम्बुलेन्स सेवा तैनाथ राख्ने ।
५ भू–इन्जिनियरिङ को प्रयोगः पहिरो नियन्त्रण गर्न सडकका भित्ताहरूमा वृक्षारोपण र पर्खाल प्रविधिको प्रयोग गरी सडकलाई प्राकृतिक प्रकोपबाट जोगाउने
३कर्णाली)राजमार्गमा बढ्दै गइरहेका ३सवारी)दुर्घटनाहरू एउटा गम्भीर चुनौती बनेका छ ।