मुगु—हुम्लाकी कथाकार तथा साहित्यकार बसन्ती शाहीका दुई कृति सार्वजनिक गरिएको छ । बसन्ती शाहीद्धारा लिखित कविता संग्रह यादका थुँगाहरू’ र कविता संग्रह आमा र आँसु’ र शनिबार सुर्खेतमा एकैचोटी सार्वजनिक गरिएको हो
कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शनिवार बीरेन्द्रनगर सुर्खेतमा आयोजित लोकापर्ण समारोहमा बिमोचन गर्नु भएको छ । लोकापर्ण समारोह कार्यक्रmममा प्रदेश प्रमुख जोशीले शाहीका कृतिले कर्णालीको सामाजिक यथार्थलाई प्रामाणिक ढंगले अभिव्यक्त गरेको बताए ।
कृतिले कर्णाली मात्र नभई सुदूरपश्चिमका महिलाको साझा जीवनभोगाइलाई समेत प्रतिनिधित्व उहाको भनाई छ । उक्त कार्यक्रममा साहित्यकार महेश विक्रम शाह, डा. महेन्द्रकुमार मल्ल, डा. नवराज केसी, पत्रकार ज्योति कटुवाल तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै शाहीको लेखन सरल भए पनि त्यसभित्र गहिरो सामाजिक चेतना रहेको टिप्पणी गरे ।
लेखक शाहीले आफ्ना कथा र कविता संग्रहमा केवल भावनात्मक अभिव्यक्ति मात्र प्रस्तुत गरेकी छैनन समाजभित्र गहिरोसँग जरा गाडेका कुरीति, लैङ्गिक विभेद, गरिबी, अशिक्षा, सामाजिक बहिष्करण र महिलाले भोग्ने अदृश्य हिंसालाई रूपान्तरण गरेकी छन । कर्णाली प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षसमेत रहेकी शाहीले बिगत लामो समय देखि समग्र कर्णाली क्षेत्रको बिकास, सामाजिक बिकृति बिसंगति जस्ता बिषयमा कलम चलाउदै आएकी छन ।