सोमवार, साउन ११, २०८३
सोमवार, साउन ११, २०८३
  • होमपेज
  • समाज
  • मुगु छायाँनाथघाम हिन्दु धर्मावलम्बीहरुको मान्यता र महत्व

मुगु छायाँनाथघाम हिन्दु धर्मावलम्बीहरुको मान्यता र महत्व

  • सोमवार, साउन ११, २०८३
मुगु छायाँनाथघाम हिन्दु धर्मावलम्बीहरुको   मान्यता र महत्व

 

कर्णाली प्रदेश अन्त्र्रगत मुगु जिल्लाको मुगुम कार्मारोड. गाउपालिकामा रहेको प्रशिद्ध छाथानाथ तिर्थस्थल हिन्दु धर्मालम्बिहरुको लागि अति महत्वपूर्ण तिर्थस्थल हो ।  धार्मिक ग्रन्थमा अनुसार महादेवले सतिदेवीको मृत शरिरलाई बोकेर डुल्दै जाँदा सतिदेवीको अन्तिम शेष पतन क्रममा भएको स्थान नै छायाँनाथ धाम हुन पुगेकाले हिन्दुहरुको पवित्र धाम मानिदै आएको छ । यसरी सतिको मृत देह गलेर पतन हुने क्रममा छायाँ क्षेत्र नामक स्थानमा बाँकीको सबै अङ गहरु पतन भए भन्ने कुरा पनि सोही स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ ।

भगवान शिवले सतिदेवीका मृत शरिर बोकेर हिँडेका बेलामा सतिदेवीका अङगहरु संसारका विभिन्न ठाउँहरुमा पतन भएको थिए अथवा खसेका थिए । जुन ठाउँमा सतिकाअंग पतन भए त्यस ठाउँमा एक एक वटा देवी, योगिनी र महादेव उत्पन्न भएर शिवशक्ति स्वरुपले रहेका छन् । सतिदेवीका अंगहरु पतन भएर सात करोड पचा“स लाख शक्तिपीठहरु उत्पन्न भएका छन् । स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छायाँक्षेत्र यही छायाँनाथ मन्दिर रहेको स्थान हो भन्ने भनाई रहेको छ ।

सतिदेवी भगवान शिवकी पत्नी हुन । सत्य युगमा दक्ष प्रजापतिकी छोरी सतिदेवी हिन्दू धर्म ग्रन्थका अनुसार एक पतिव्रता नारी थिइन । दक्ष प्रजापतिकी पुत्री भएकोले उनलाई दक्षयणी भनेर पनि चिनिन्छ । पवित्र हिन्दुर धर्म ग्रन्थ स्वस्थानी व्रत कथा लगायत सबै ग्रन्थहरुमा सतिदेवीको चरित्रको बारेमा उल्लेख गरिएको छ । पौराणिक कथाहरुमा सतीलाई शिवकी पूर्व पत्नी भनिन्छ । दक्ष प्रजापतिकी कन्याको नाम दक्षायणी दिइन्छ । तर सती शब्द शक्ति नामको अपभ्रंश रुप हो । शक्तिको अर्कौ नाम नै सती हो ।
प्रत्येक वर्ष जनै पूर्णिमा समयमा ५ दिन सम्म मेला लाग्ने गर्दछन । जनैपूर्णिमाको बेला ठाकुरज्यूको गाथ पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीहरु सहित छायाँनाथ मन्दिरमा लगेर लिएपछि छायाँनाथको तीर्थयात्रा सुरु हुन्छ ।ठाकुरज्यूको गाथ जनैपूर्णिमासम्म छायाँनाथ मन्दिरमा रहने र दर्शनका लागि पश्चिम नेपालका साविक सेती, महाकाली, राप्ती , कर्णाली अंचलका १५ जिल्लाबाट महिला, पुरुष धामी झाँकी सहित तिर्थालुहरुको लर्को लाग्ने गर्दछ । त्यहाँका स्थानीय वासी तथा मन्दिरका पुजारी यस मन्दिरलाई बद्रीनाथ र केदारनाथ जस्तै एक पवित्र धाम अथवा शक्तिपीठ हो भन्ने मान्दछन् ।

यस मन्दिर भन्दा माथि शिव, पार्वती र विष्णुका मूर्तीहरु अंकित गुफाहरु रहेका छन् । सत्य युगमा भगवान शिवले सतिदेवीको मृत शरिर पिठमा बोकेर हिँडेका बेला सतिको मृत शरिर गलेर जहाँ जहाँ सतिका अंगहरु पतन भए त्यहाँ त्यहाँ शक्तिपीठहरु बन्नै गएको कथा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ ।

हिन्दुर धर्मावलम्वीहरुले पनि जनै पूर्णीमाका बेला छायाँनाथमा पुगेर शिव महादेवको रुपमा मानेर पुजाजाठ गर्ने आ आफ्ना कूलदेवता मूर्तीहरु नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन ।छायाँनाथको पानीलाई शुद्ध मानेर लयाई फलफूल, अन्नबालीमा छर्ने र छायाँनाथ पुग्न नसक्नेहरुलाई जल दिने गर्दछन् ।

देवीदेवताका मूर्तीहरु छायाँनाथबाट शुद्ध पारेर ल्याएपछि जनैपूर्णिमा बिहान आफ्नो ठाउँमा पुगेर देदिदेवताको पुजा पाठ र धामी नाच्ने बौदिक परम्परा छ । छायाँनाथका बहुमूल्य मूर्तीहरु भौगोलिक विकटता र अत्यधिक चिसोका कारण छायाँनाथ राख्न, मानिस बस्न नसकिने भएकाले सदरमुकाम गमगढी स्थित चैनमा रहेको मन्दिरमा राख्ने गरिएको छ । हरेक वर्षको जनैपूर्णिका वेला चैन गाउँमा रहेको छायाँनाथ मन्दिरबाट सुरक्षा सहित ती मूर्तीहरु छायाँनाथ तर्फ लिने गरिन्छ । मन्दिर पश्चिम तर्फ रहेको झयालबाट हमाल थर वा चौलागाई थरका पुजारीबाट विशेष पुजापाठ गरी मूर्ती निकाल्ने गरिन्छ ।

बौद् धर्मावलम्वीले भनेझौ छायाँनाथ धाम रहेका हिमालका ३ चुचुरामा अवलोकेश्वर, मंजुश्री , बज्रवाणीको स्वरुपमा मानिए जस्तै हिन्दुरुको पनि ती ३ वटा चुचुरामा दायाँ विष्णु भगवान, वीचमा शिव र वायाँ वुद्द भगवान रहेको विश्वास गर्ने गर्छन ।छायाँनाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवीदेवता पाईने, पुण्य कमाउने भन्दै हजारौं तीर्थयात्रु छायाँनाथ पुग्ने गर्दछन ।

छायाँनाथ जानू पूर्व द्रोस्रो तीर्थका रुपमा मानिने तिहारवगरमा रहेको त्रिवेणीमा मरेका पृतीहरुको सम्झनामा पिण्डदान गर्ने चलन पनि छ ।काशि ,गया ,अयोध्याय जानूपूर्व हिन्दुहरुले छायाँनाथ जानुपर्ने मान्यता रहेको छ । छायाँनाथ नगएर काशि ,गया गएमा पंडितले बालुवाको थुप्रोमा छायाँनाथको प्रतिमा बनाई पुजा पश्चात काशिको दर्शन गराउने मान्यता छ ।

लेखक जनराज शाही
न्याय सेवाका अधिकृतमा कार्यरत हुन ।

चर्चामा

सम्बन्धित समाचार