शनिबार, साउन २, २०८३
शनिबार, साउन २, २०८३
  • होमपेज
  • समाज
  • साहित्यकार बसन्ती शाहीका आमा र आँसु कृति प्रेस लोकापर्णमा

साहित्यकार बसन्ती शाहीका आमा र आँसु कृति प्रेस लोकापर्णमा

  • शनिबार, साउन २, २०८३
साहित्यकार बसन्ती शाहीका आमा र आँसु कृति प्रेस लोकापर्णमा

मुगु —कर्णालीकी साहित्यकार बसन्ती शाहीका दुई नयाँ कृति—‘आमा र आँसु’ (कथासंग्रह) र ‘यादका थुङ्गाहरू’ (कवितासंग्रह)—एकैसाथ प्रेस लोकार्पण भएका छन ।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित यी दुवै कृति केही दिनभित्रै औपचारिक रूपमा बजारमा आउदै छन । कथा र कवितामार्फत मानवीय संवेदना, मातृत्व, नारी जीवन, संघर्ष, प्रेम, स्मृति र कर्णालीको सामाजिक यथार्थलाई अभिव्यक्त गर्दै आएकी बसन्ती शाहीका प्रकाशित कृतिको संख्या अब पाँच पुगेको छ ।

भुँडीपुराण प्रकाशनका अनुसार प्रेस लोकार्पण सम्पन्न भएका यी कृतिहरू छिट्टै बजारमा उपलब्ध हुनेछन्। नयाँ कृतिको प्रतीक्षामा रहेका पाठक र साहित्यप्रेमीमाझ यी पुस्तकप्रति उत्सुकता बढेको प्रकाशनले जनाएको छ।

यसअघि प्रकाशित ‘आधा जीवन’, ‘समय सकस’ र ‘कर्णालीकी बुहारी’ ले पाठकमाझ आफ्नो छुट्टै स्थान बनाएका थिए। ती कृतिहरूमा जीवनका संघर्ष, सामाजिक यथार्थ र कर्णालीको जनजीवनलाई केन्द्रमा राखिएको थियो।

नयाँ कथासंग्रह ‘आमा र आँसु’ ले मातृत्वको माया, त्याग, विछोड र जीवनका गहिरा अनुभूतिलाई कथाको माध्यमबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।भने ‘यादका थुङ्गाहरू’ कवितासंग्रहमा स्मृति, समय, प्रेम, प्रकृति र जीवनका विविध भावलाई कवितात्मक अभिव्यक्ति दिइएको जनाइएको छ।

कर्णालीको माटो, संस्कृति, सामाजिक परिवेश र महिलाका जीवन–भोगाइलाई आफ्नो सिर्जनाको आधार बनाउँदै आएकी शाहीको लेखनले नेपाली साहित्यमा विशिष्ट पहिचान बनाउँदै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार