बिहिबार, साउन २८, २०८३
बिहिबार, साउन २८, २०८३
  • होमपेज
  • समाज
  • एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु

एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु

  • बिहिबार, साउन २८, २०८३
एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सुरु

काठमाडौ —नेवार समुदायका बौद्धमार्गीहरुले मनाउने एक महिने गुँला पर्व आज देखि सुरु भएको छ । यो पर्वमा बौद्धमार्गीहरुले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने तथा विशेष पूजा–आराधना गर्ने गर्छन् ।
नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना हुन्छ । नेपाल संवत् प्रारम्भ भएको नौ महिना पूरा भएपछि मनाइने यो पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भन्ने गरिन्छ । टोल–टोलबाट समूहमा बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने परम्परा पनि रहेको छ। गुँला पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार