बिहिबार, भदौ ४, २०८३
बिहिबार, भदौ ४, २०८३
  • होमपेज
  • समाज
  • झापामा पत्रकार शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान प्रदान गरिदै

झापामा पत्रकार शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान प्रदान गरिदै

  • बिहिबार, भदौ ४, २०८३
झापामा पत्रकार शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान प्रदान गरिदै

मुगु —हिमाली मुगु जिल्लाका बरिष्ठ  पत्रकार एवम साहित्य प्रेमी तथा  क्याराभान खबर डट कमको संस्थापक अध्यक्ष राजबहादुर शाहीलाई पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान २०८३ प्रदान गरिने भएको छ ।
झापा स्थित पाथीभरा अनलाइन टेलिभिजनद्धारा आयोजित  भोली शनिबार झापामा साहित्य पत्रकारिता साधन सम्मेलन २०८३ को भब्य कार्यक्रम  माझ  शाहीलाई साधना सम्मान  प्रदान गरिने लागिएको छ । सम्मान ग्रहण गर्न उहालाई आमन्त्रण पत्र पठाइसकेको उनको भनाई छ । उक्त सम्मान ग्रहण गर्न शाही शुक्रबार झापा जादै हुनुहुन्छ ।

बिगत तीन दशक देखि कर्णाली प्रदेशको हिमाली जिल्ला मुगु रहि ग्रामिण पत्रकारिता तथा साहित्य क्षेत्रमा बिशेष योगदान पुरयाए बाफत शाहीलाई    पाथीभरा साहित्य पत्रकारिता साधना सम्मान २०८३ प्रदान गर्न लागिएको  आयोजकका कार्यक्रम दिपक बिबश आसुले जानकारी गराउनु भयो ।
शाहीले मुगुमा पत्रकारिता सुरु गरेदेखि हाल सम्मको पाथीभरा साहित्य सम्मेलनको उत्कृष्ट सम्मान रहेको छ । बिगत बर्षहरुमा पनि बिभिन्न निकाय क्षेत्र बाट शाहीले बिशेष सम्मान पाइसक्नु भएको छ ।

द्धन्दकालमा अस्थायी शिक्षक पेसा छोडेर पत्रकारिता लागेका उहा“ले मुगुमा बिकास निर्माण, भोकमरी अभाव, जोखिम सुत्केरी, जडिबुटी, पर्यटन, मुगु सम्भावना, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा कलम चलाउदै आउनु भएको छ । स्वच्छ निष्पक्ष र लिडर रुपमा खोज पत्रकारिता क्षेत्रलाई पहिलो प्राथमिकता राखेर शाहीले मुगुलाई पत्रकारिता क्षेत्रमा बिशेष बिशेष योगदान पुरयाएका छन ।
फोटो पत्रकारिता क्षेत्रमा पनि उहा उत्कृष्ट हुनुहुन्छ । गत बर्ष नेपालगञ्जमा आयोजित प्रदेशस्तरीय फोटो प्रर्दशनमा शाहीले उत्कृष्ट हासिल गर्नु भएको थियो ।

शाही २०४९ देखि २०५५ सम्म इन्सेक रेडियो श्रोता क्लवको सदस्य, २०५७ देखि २०५८ सम्म अन्नपूर्ण पोष्टको मुगु संवादददाता र २०५९ देखि २०८१ सम्म कान्तिपुर मिडिया ग्रुपको जिल्ला संवाददाता र हाल कान्तिपुर टेलिभिजनको मुगु संवाददाता तथा बिगत दुई बर्ष यता देखि क्याराभान रिर्चस मिडिया प्रा लिका अध्यक्ष पदमा रहि काम गर्दै आउनु भएको छ
२०६७ सालमा नेपाल पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष समेत रहेका शाहीले संघीय पूर्व वनमन्त्री ऐनबहादुर शाही ठकुरीका प्रेस सहयोगीको रुपमा काम गरि सक्नु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार