आइतवार, भदौ ७, २०८३
आइतवार, भदौ ७, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • देशभर मनसुनी वायुको प्रभाव आज चार प्रदेशमा भारी वर्षा

देशभर मनसुनी वायुको प्रभाव आज चार प्रदेशमा भारी वर्षा

  • शनिबार, भदौ ६, २०८३
देशभर मनसुनी वायुको प्रभाव आज चार प्रदेशमा भारी वर्षा

काठमाडौ —देशभर मनसुनी वायुको प्रभावले गर्दा आज चार प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ र हिमाली तथा पहाडी भेगका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका साथै कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार