काठमाडौ —प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी गर्नु भएको छ । यो रकम राहत कोषमा व्यक्ति गत तर्फबाट उपलब्ध गराइएका सहयोग हो । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ८७ वर्षीया राणाले सो रकम सहयोग गर्नु भएको हो । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई मन्त्रालयमा बुझाएका थिए ।
राणाले थप २५ लाख रुपैयाँ बराबरको जिन्सी र खाद्यान्न सहयोगको पनि दिन तयार गरेकी छन ।