काठमाडौ— प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत आइतबार मध्याह्नसम्म बैँक खाताहरूमा ५ अर्ब २४ करोड ७९ लाखभन्दा बढी रकम जम्मा भएको बताउनु भएको छ । हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री शाहको भनाई छ । आइतबार सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले सो कुरा उल्लेख गर्नु भएको हो
संकलित रकम कसरी प्रभावकारी रूपमा खर्च गर्ने भन्नेबारे हामीले छलफल गरिरहेको’ उहाको भनाई छ ।
रसुवा बाढीको राहत तथा उद्धारका लागि २० हजारभन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएको प्रधानमन्त्रीले जानकारी गराउनु भयो ।