काठमाडौ —हनुमानढोका दरबार क्षेत्र यतिबेला बेहुलीझैं सिंगारिदै छ। काठमाडौंको सबैभन्दा ठूलो चाड इन्द्रजात्राका लागि दरबार क्षेत्रका मन्दिरहरुमा रातो झल्लर लगाएर धमाधम सिंगारिदै छन ।
जात्रामा आकर्षण थप्न २९ गुठी अन्तिम तयारीमा जुटिरहेका छन्। इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाइ चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ।
जात्राका लागि हनुमानढोका दरबार क्षेत्रमा रहेका मठमन्दिरमा झल्लर लगाउने र सरसफाइको काम सुरु गरिएको छ ।