बिहिबार, अशोज १, २०८३
बिहिबार, अशोज १, २०८३
  • होमपेज
  • समाज
  • कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी सञ्चालन हुदै

कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी सञ्चालन हुदै

  • बिहिबार, अशोज १, २०८३
कृष्णभीरमा आजदेखि दुईतर्फी सवारी सञ्चालन हुदै

काठमाडौ —पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमाआज बिहानदेखि दुईतर्फी सवारीसाधन सञ्चालन हुने भएको छ ।बाढीका कारण सडकको भित्ता कटान भएर पहिरो गएपछि अवरुद्ध बनेको सडकभन्दा केही माथिबाट नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनको व्यवस्था मिलाइएको हो।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडकको भित्ता कटान भएपछि कृष्णभीरमा ठूलो पहिरो गएको थियो। त्यसपछि पहिरो गएको स्थानभन्दा माथिबाट करिब २ सय ७० मिटर नयाँ ट्र्याक खोलिएको र ग्राभेल गरेर सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाइएको छ ।

नयाँ ट्र्याकमा आइतबारदेखि परीक्षणका रूपमा ग्यास बुलेट तथा पहिरोका कारण रोकिएका ट्रक सञ्चालन हुँदै आएका छन्। परीक्षण सफल भएपछि आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधनलाई दुईतर्फी रूपमा सञ्चालन गर्न दिने तयारी गरिएको हो। सडक विभागका महानिर्देशक डा. विजय जैसीले कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार