काठमाडौ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A= Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ।
बिहीबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–साउदी अरब सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रका सम्भावित सहयोगका विविध विषयमा छलफल भएको छ। भेटका क्रममा साउदी राजदूत मनिखरले हालै नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको अपूरणीय जनधनको क्षतिप्रति साउदी अरब सरकार र तर्फबाट गहिरो ऐक्यबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले आपतकालीन तथा पुनस्र्थापनाका क्षेत्रमा आवश्यक पर्ने सहयोगलाई साउदी सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। सो अवसरमा मन्त्री मेहताज्यूले नेपाल र साउदी अरबबीचको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीको वर्षमा दुई देशबीचको सुमधुर सम्बन्धलाई अझ उचाइमा पु¥याउनुपर्ने बताउनुभयो। उहाँले सरकारी तहमा मात्र नभई जनस्तरमा समेत द्विपक्षीय सहकार्य र सम्बन्धलाई विस्तार गर्नुपर्नेमा विशेष जोड दिनुभयो। साथै, स्वास्थ्य तथा खाद्य स्वच्छताको क्षेत्रमा दुई देशको साझेदारीलाई थप प्रभावकारी बनाउने र आपतकालीन स्वास्थ्य सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत सकारात्मक कुराकानी भएको मन्त्रालयले जनाएको छ ।