शनिबार, कार्तिक १५, २०८३
शनिबार, कार्तिक १५, २०८३
  • होमपेज
  • News
  • पत्रकार पक्राउ गरेको बिरोधमा झरीको प्रवाह नगरी माइतीघरमा पत्रकारहरुको मौन प्रदर्शन

पत्रकार पक्राउ गरेको बिरोधमा झरीको प्रवाह नगरी माइतीघरमा पत्रकारहरुको मौन प्रदर्शन

  • शनिबार, कार्तिक १५, २०८३
पत्रकार पक्राउ गरेको बिरोधमा झरीको प्रवाह नगरी माइतीघरमा पत्रकारहरुको मौन प्रदर्शन

काठमाडौ —चक्रवात ‘अर्नब’को प्रभावका कारण काठमाडौमा लगातार वर्षा भइरहेको बेला पत्रकारहरू छाता ओढेर पानीमा भिज्दै शनिबार काठमाडौँको माइतीघर मण्डलमा मौन प्रदर्शनमा उत्रिएका छन ।
छाता ओढेर तथा झरीमा रुझ्दै सञ्चारकर्मीहरूले प्रेस स्वतन्त्रताको रक्षा र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध आफ्नो विरोध प्रर्दन गरेका छन ।

नेपाल पत्रकार महासङ्घको आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागी पत्रकारहरूले शुक्रबार पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश र समाचार कक्ष (न्युजरुम) मा भइरहेको गैरकानुनी हस्तक्षेपको कडा शब्दमा विरोध जनाए। सञ्चारकर्मीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, पत्रकारमाथिको धरपकड तत्काल बन्द गर्न माग गरेका छन ।

शुक्रबार सादा पोसाकका प्रहरी टोलीले नयापत्रिका नेपालप्रेस लगायत सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल प्रेसको न्युजरुमबाट पत्रकार विश्वमणि सुवेदी तथा मोटिभेट न्युजबाट शोभराज बरालल गायतका सञ्चारकर्मीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनापछि पत्रकारहरु बिरोधमा उत्रिएका छन ।

प्रहरीको उक्त कदमपछि नेपाल पत्रकार महासङ्घ, विभिन्न राजनीतिक दल, सञ्चार संस्था तथा नागरिक समाजले चौतर्फी विरोध र दबाब सिर्जना गरेपछि नियन्त्रणमा लिइएका पत्रकारहरूलाई शुक्रबार साँझ नै रिहा गरिएको थियो।

तथापि, सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार नियन्त्रणमा लिने र न्युजरुममा हस्तक्षेप गर्ने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर खतरा पैदा गरेको भन्दै महासङ्घले माइतीघरमा विरोध कार्यक्रम आयोजना गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार