शुक्रबार, कार्तिक १४, २०८३
शुक्रबार, कार्तिक १४, २०८३
  • होमपेज
  • News
  • राप्रपा सचेतक खुश्बु ओलीको प्रश्नः सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?

राप्रपा सचेतक खुश्बु ओलीको प्रश्नः सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?

  • शुक्रबार, कार्तिक १४, २०८३
राप्रपा सचेतक खुश्बु ओलीको प्रश्नः सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?

काठमाडौ— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ भन्ने प्रश्न गर्नुभएको छ । सामाजिक संञ्जालमा ओलीले लेख्नु भएको छ संञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो ? राज्यको सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?

ओलीको भनाई यस्तो छ

प्रधानमन्त्री कार्यालयले घटनाबारे आफू अनभिज्ञ रहेको बताएको छ। यो त झन् गम्भीर कुरा भयो! त्यसो भए सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गर्ने निर्देशन कसले दियो? राज्यको सुरक्षा संयन्त्र कसको आदेशमा चलिरहेको छ?

पत्रकार पक्राउ गर्ने आदेश दिने निकाय जिम्मेवार नहुने, प्रधानमन्त्री कार्यालय अनभिज्ञ हुने, अनि अन्त्यमा सबै कुरा सामान्य मान्ने? आखिर यो घटनाको जिम्मेवारी कसले लिने? कसलाई जवाफदेही बनाउने? कि राज्यमा आदेश दिने त छन्, तर जिम्मेवारी लिने कोही छैन?
विधिको शासनमा आदेश मात्र होइन, आदेश दिने व्यक्ति पनि जवाफदेही हुनुपर्छ।

चर्चामा

सम्बन्धित समाचार