काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले समाचारको बहानामा पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी हुन् ।
दीपा दाहालले यस्तो भनेकी छन
पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ।
उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको
छ
प्रहरीले एकै दिन दुई पत्रकारलाई पक्राउ गरेको छ। नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको हो।