मुगु —कर्णाली प्रदेशका हिमाली जिल्लाको उच्च बर्षासंगै हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । ‘अर्नब’ चक्रवातको प्रभावका कारण माथिल्लो कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्पा उच्च क्षेत्रहरूमा बर्षासंगै हिमपात भएको हो।
हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङ गाउँपालिका, हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । हुम्लाको नाम्खाका उच्च क्षेत्रहरूमा हिउँ परेको छ । हिमपातका कारण उत्तरी छिमेकी मुलुक चीनको ताक्लाकोटतर्फको आवतजावत अबरुद्ध भएको छ । हिमपात संगै चिसो अत्यधिक बढेपछि मानिसहरू घरबाहिर निस्कन गाह्रो भएको छ । मुगुमा भारी बर्षा भएको छ । बर्षासंगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।