तस्विर मुगु छायानाथ रारा नगरपालिका ४ मा कांग्रेसको वडा अधिबेसनमा सहभागीहरु
काठमाडौ — नेपाली कांग्रेसले १५औ महाधिवेशन अन्तर्गत ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न गरेको छ ।शनिबार र आइतबार गरि ७३ जिल्लाका ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा जिल्लाको वडा अधिबेसन सम्पन्न गरेको छ ।
त्यसै गरि लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो।अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन । अन्य वडामा असोज ५ गते सोमबार पनि अधिवेशन हुने कांग्रेसले जनाएको छ ।