आइतवार, अशोज ११, २०८३
आइतवार, अशोज ११, २०८३
  • होमपेज
  • समाज
  • राजसंस्थाका पक्षमा चर्चित कलाकारहरूले गरे हस्ताक्षर

राजसंस्थाका पक्षमा चर्चित कलाकारहरूले गरे हस्ताक्षर

  • शुक्रबार, अशोज ९, २०८३
राजसंस्थाका पक्षमा चर्चित कलाकारहरूले गरे हस्ताक्षर

काठमाडौ —शुक्रबार काठमाडौ जमल स्थित यल्लो पगोडा होटलमा शाही युवा शक्ति नेपालले आयोजना गरेको राजसंस्थाको पक्षमा हस्ताक्षर अभियान कार्यक्रममा नेपालका फिल्म जगतका चर्चित डेढ दर्जन भन्दा बढी कलाकाहरूले हस्ताक्षर गरेको शाही युवा शक्ति नेपालका महामन्त्री रेशमचन्द्र मल्लले जानकारी गराए ।

राजसंस्थाको पक्षमा हस्ताक्षर गर्ने कलाकारहरुमा शिव श्रेष्ठ, आनन्द कार्की, रमेश उप्रेती, कृष्ण मल्ल, सर्मिला मल्ल, अर्जुनजंग शाही, नारायण प्रधान, सुनिल कट्टवाल लगायत  रहेको शाही युवा शक्ति नेपालले बताएको छ ।
हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले लामो समयदेखि अभियानको रुपमा हस्ताक्षर भइरहेको र अहिले सम्म राजसंस्थाको पक्षमा करिव ३० लाख भन्दा बढीले हस्ताक्षर गरि सकेको बताउनु भयो । देशैभरि यो राजसंस्थाको पक्षमा हस्ताक्षर अभियान चलिरहेको अध्यक्ष खड्काको भनाई छ ।

कार्यक्रममा बोल्दै कलाकार रमेश उप्रेती र शिब श्रेष्ठले हामी साझा कलाकार हौ तर नेपालमा राजसंस्था हुनु पर्छ भन्ने पक्षमा उभिएको बताए । राजसंस्था स्थापनाको लागि सबैले आ आफनो क्षेत्र बाट सहयोग गर्नु पर्ने उहाहरुको भनाई छ ।
राज संस्थापक्षरले राजसंस्था स्थापनाको लागि सढक संर्घृष देखि बिभिन्न अभियान संचालन गर्दै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार