बिहिबार, अशोज १५, २०८३
बिहिबार, अशोज १५, २०८३
  • होमपेज
  • समाचार
  • सामाजिक अभियान्ता रेशमचन्द्रको पहल ललि कार्कीको उपचारमा जुटयो दुई लाख

सामाजिक अभियान्ता रेशमचन्द्रको पहल ललि कार्कीको उपचारमा जुटयो दुई लाख

गाउँदेखि काठमाडौंसम्म सहयोगको हात

  • बुधबार, अशोज १४, २०८३
सामाजिक अभियान्ता रेशमचन्द्रको  पहल ललि कार्कीको उपचारमा जुटयो दुई लाख

काठमाडौं — लामो समयदेखि घाँटीसम्बन्धी जटिल स्वास्थ्य समस्यासँग जुधिरहेका मुगुका ४० वर्षीय ललि कार्की अहिले काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन ।
आर्थिक अभावका कारण उपचारमै कठिनाइ भोगिरहेका कार्कीको औषधि उपचार्थको लागि सामाजिक अभियान्ता एवम शाही युवा शक्ति नेपालका महामन्त्री रेशमचन्द्र मल्लको पहल कदमा विभिन्न मनकारी व्यक्ति निकाय बाट सहयोग बाफत दुई लाख रकम जुटेको छ ।
जटिल घाँटीसम्बन्धी रोग संग लडिरहेका ललि कार्कीको जीवन बचाउन मनकारी ब्यक्ति निकाय बाट दुई लाख रकम जुटेको र अझै सहयोग जारी रहेको सामाजिक अभियान्ता मल्लले बताउनुभयो ।
मंगलबार हिउसो म आफै बिरामी ललि कार्कीलाई भेटन बीर अस्पतालमा पुगेको मल्लले भने “कार्कीको स्वास्थ्य सुधारको अबस्था देख्दा मलाई खुशी लाग्यो मेरो मन सन्तोष भयो । कार्कीको उपचारको लागि मनकारी ब्यक्ति निकायले गरेको सहयोग कार्कीको निम्ति बरदान भयो जीवन बचायो” उनको भनाई छ । अन्तिम अबस्था रहेका कार्कीको जीवन अब बच्यो स्वास्थ्य सुधार हुदै गएको मल्लको भनाई छ ।

ललि कार्कीको उपचारको लागि हाम्रो पहलमा सहयोग गर्नुहुने भगवान रुपी मनकारी ब्यक्ति निकायलाई म धन्यबाद दिन चाहन्छु मल्लले सुनाए । काठमाडौ जस्तो ठाउ“मा आर्थिक सहयोग अभावमा अस्पतालको बेडमा तडपिरहेका ललि कार्कीलाई जीवन बचाउ मनकारी ब्यक्तिको ठूलो सहयोग रहेयो उनको भनाई रहेको छ ।

मुगु जिल्लाको सोरु गाउँपालिका–६, सोरुकोट रोकायाबाडाका कार्कीलाई परिवारले उपचारका लागि काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरेका छन । अस्पतालको नयाँ भवनमा करिब दुई सातादेखि चिकित्सकको निगरानीमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको आफन्तले बताएका छन ।

उपचारमा सहयोग गरिरहेका अक्कल बुढाका अनुसार केही समयअघि कार्कीको अवस्था निकै गम्भीर थियो। बोल्न र खाना खानसमेत कठिनाइ हुने अवस्थामा रहेका उनी अहिले भने बोल्न र खाना खान सक्ने भएका छन्। “पहिलेको अवस्था हेर्दा यस्तो सुधार होला भन्ने कल्पना पनि थिएन,” अक्कल बुढाले भने, “अहिले बोल्न सक्ने र खाना खान सक्ने भएका छन्। स्वास्थ्यमा धेरै सुधार आएको छ।”

उपचार खर्च जुटाउन कठिनाइ
कार्कीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले काठमाडौं आएर उपचार गराउनु उनीहरूका लागि ठूलो चुनौती थियो। प्रारम्भिक उपचारकै क्रममा औषधि किन्न रकम अभाव भएपछि मोबाइल फोन धरौटी राखेर सापटी लिनुपरेको उपचारमा सहयोग अक्कल बुढाले बताए ।

आर्थिक अभावका कारण उपचार प्रभावित हुन सक्ने अवस्था देखिएपछि कार्कीको उपचारका लागि सहयोग जुटाउने पहल सुरु गरिएको थियो। उनको जटिल स्वास्थ्य अवस्था र कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सामाजिक अभियन्ता रेशमचन्द्र मल्लले ‘ललि कार्की बचाउ अभियान’ सञ्चालन गरेको बुढाको भनाई छ ।

अभियानमार्फत विभिन्न व्यक्ति, निकाय तथा मनकारी सहयोगदाताबाट हालसम्म दुई लाख रुपैयाँ आर्थिक सहयोग जुटेको बुढाले बताए

सहयोगले औषधि र उपचारमा सहजता
उपचारका लागि आर्थिक सहयोग जुटेपछि कार्कीको औषधि तथा अन्य उपचार खर्च व्यवस्थापन गर्न सहज भएको आफन्तहरू बताउँछन्। आर्थिक अभावकै कारण उपचार रोकिएला कि भन्ने चिन्ता रहेको अवस्थामा सहयोगी हातहरू अघि बढेपछि परिवारमा पनि आशा पलाएको छ।

“सहयोग गर्ने मनकारी व्यक्तिहरू नभएको भए उपचारमा निकै समस्या हुने थियो,” अक्कल बुढाले भने, “अहिलेसम्म करिब दुई लाख रुपैयाँ सहयोग जुटेको छ। कार्कीको स्वास्थ्य अवस्था सुरुमा निकै गम्भीर रहेकाले परिवारले समेत उनको जीवनबारे आशा गुमाइसकेको बुढाको भनाइ छ। अहिले उपचारपछि देखिएको सुधारले भने परिवार र आफन्तलाई थप आशावादी बनाएको छ।

गाउँबाट काठमाडौंसम्म सहयोगको हात
मुगुको दुर्गम गाउँबाट उपचारका लागि काठमाडौं आएका कार्कीको अवस्था सार्वजनिक भएपछि उनको उपचारका लागि सहयोग जुटाउने अभियान अघि बढाइएको हो ।
स्थानीयस्तरदेखि काठमाडौंसम्म विभिन्न व्यक्तिहरू निकायले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग प्रदान गरिरहेको छ संकलित रकम कार्कीको औषधि तथा उपचारमा ठूलो प्रयोग पुगेको उनको आफन्तले बताएका छन ।

वीर अस्पतालमा चिकित्सकहरूको निगरानीमा उपचार भइरहेका कार्कीको स्वास्थ्यमा सुधार देखिन थालेपछि परिवारले सहयोगी सबैप्रति आभार व्यक्त गरेको छ। जटिल रोगसँग संघर्ष गरिरहेका कार्कीका लागि अहिले औषधिसँगै सहयोगी हातहरू पनि उपचारको महत्वपूर्ण आधार बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार