शनिबार, अशोज १७, २०८३
शनिबार, अशोज १७, २०८३
  • होमपेज
  • समाज
  • शनिवारिय कोसेली लघुकथा, बाल अधिकार

शनिवारिय कोसेली लघुकथा, बाल अधिकार

  • शनिबार, अशोज १७, २०८३
शनिवारिय कोसेली लघुकथा, बाल अधिकार

जन्मदै आमाबाबु गुमाएको एउटा दुःखी अनाथ शिव सरिता म्याम को घरमा कामदारको रुपमा केहि वर्षदेखि काम गर्दै आएको थियो । त्यस घरमा विहान उठेदेखी साँझसम्म घर सफा गर्ने, फुलवारी गोडमेल गर्ने, बच्चा हेर्ने र बगैँचा हेर्ने आदि इत्यादि दैनिकी थिए उसका लागि ।

चौँध बर्षको उमेर हुँदापनि विद्यालयको भित्री आँगन देख्न नपाएको शिवलाई पढाई कालो अक्षर भैंसी बराबर नै थियो । उसलाई यत्ति मात्र थाहा थियो कि, मालिकनीले भनेका जुनसुकै काम गर्नुपर्छ र गथ्र्यो पनि ।सरीता म्याम सधैँ बिहानै अफिसको काममा निस्केर बेलुकी मात्र घर फर्कनुहुन्थ्यो । शिवलाई आफ्नो मालिकनी कहाँ जानुहुन्छ ? के गर्नुहुन्छ ? केही थाहा थिएन तर कार्यलय र कार्यक्रममा धाउनुहुन्छ भन्ने कुरा चाँहि सुनेको थियो ।

एकदिन सरीता म्यामले कार्यक्रममा जाँदा आफ्ना झोला बोक्नुपर्ने भएकाले शिवलाई पनि सँगै सहयोगीका रुपमा लाने निधो गर्नुभयो ।

उहाँले कार्यक्रममा सोधेका जति सबैलाई शिव मेरो आफ्नै छोरो हो भनेर भन्नुहुन्थ्यो । कार्यक्रममा छोराको संज्ञा पाउँदा शिव भने अचम्मित र अत्यन्तै खुसी भएको थियो ।

उसले कार्यक्रममा पहिलो पटक टाई, सुट र विभिन्न कार्यालय पोशाकमा भद्रभलाद्मी देख्ने अवसर पाकएको थियो तर अनपढ, अबोध बालक भएका कारण के कामका लागि आएका ? किन आएका र त्यो कुन कार्यक्रम हो ? ठम्याउन त अनुमान समेत गर्न सकेन थिएन ।

कार्यक्रम सुरु भएपछी धेरै वक्ताहरुले बोल्न थाले तर शिवलाई कसै प्रती वास्ता भएन ।

उसमा केवल आफ्नि मालिक्नी सरीता म्याम कतिबेला बोल्नुहुन्छ ? भन्ने कुरामै कौतुहलता थियो । केहि समयपछि सरीता म्यामको बोल्ने पालो आयो र मञ्चमा गएर माईक हातमा समाएर चर्को स्वरमा बोल्न थाल्नुभयो ।

“आजका साना बालबालिका भनेका भोलीका देशका कर्णधार हुन् । उनका कापी–कलम समाउँने हातलाई टेम्पो, गाडीका ढोका हान्ने, घाँस ,दाउरा काट्ने र कलकारखानामा लगाई उनका हाँस्न, खेल्न र बोल्न पाउँने अधिकारलाई कुण्ठित गर्नु भनेको बालश्रम शोषण हो । साथै शिक्षाको उज्यालो घामबाट बञ्चीत गराउनु हो ।”

यो बोली रहँदा कार्यक्रमको ठूलो हल जोडदार तालीले गुञ्जायमान भएको थियो तर शिव भने पछाडी कुनामा आफ्नो शिर लुकाएर यो भाषण एकटकले टोलाएर सुनिरहेको थियो । – बेगम थापा

चर्चामा

सम्बन्धित समाचार