मङ्लबार, अशोज २७, २०८३
मङ्लबार, अशोज २७, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • विराटनगरमा आज देखि अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन प्रारम्भ

विराटनगरमा आज देखि अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन प्रारम्भ

  • मङ्लबार, अशोज २७, २०८३
विराटनगरमा  आज देखि अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन प्रारम्भ

बिराटनगर—कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि औद्योगिक नगरी विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन प्रारम्भ भएको छ।

सम्मेलनमा सहभागी हुन विभिन्न प्रदेशका मुख्यमन्त्री तथा प्रतिनिधिहरूको टोली विराटनगर पुगि सकेका छन । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सम्मेलन स्थल पुगिसक्नु भएको छ । बिराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी भएको कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बताउनु भयो ।

सम्मेलनमा केवल मुख्यमन्त्रीहरूको मात्र उपस्थिति छैन, यहाँ नीति र कानुन निर्माणका मुख्य संवाहकहरूको टोली नै जुटेको छ। प्रत्येक प्रदेशबाट मुख्यमन्त्रीका साथै प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको प्राविधिक तथा प्रशासनिक टोली सहभागी छ।
यसले सम्मेलनलाई केवल राजनीतिक भेटघाटमा मात्र सीमित नराखी नीतिगत र कानुनी रूपमा परिपक्व बनाउने अपेक्षा गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार