बिहिबार, अशोज २९, २०८३
बिहिबार, अशोज २९, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • विराटनगर घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

विराटनगर घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

  • बुधबार, अशोज २८, २०८३
विराटनगर घोषणापत्र जारी गर्दै अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सम्पन्न

बिराटनगर —कोशी प्रदेशको औधगिक नगरी  विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगर घोषणापत्र जारी गर्दै सकिएको छ ।  संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी भएका छन्। सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही सहभागी छन ।

सम्मेलनमा प्रदेशहरूबाट प्रमुख सचिव, प्रदेश योजना आयोगका उपाध्यक्ष र मुख्य न्यायाधिवक्तासहितको टोली सहभागी छन ।

चर्चामा

सम्बन्धित समाचार