काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । चितवन अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । यता कर्णाली याक्स भने सातौं स्थानमा रहेको छ ।
त्यस्तै, आजै दिउँसो साढे ४ बजे दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्लेअफमा स्थान पक्का गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा एभेन्जर्स तालिकाको पुछारमा रहेको छ ।लिग चरणका यी अन्तिम खेलहरूले अंक तालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् । विशेषगरी शीर्ष स्थानको वरीयता र टोलीहरूको अन्तिम स्थान टुंग्याउन आजका दुवै खेल निर्णायक बन्नेछन् ।