सोमवार, मंसिर १, २०८३
सोमवार, मंसिर १, २०८३
  • होमपेज
  • News
  • छठ पर्वमा सभापति रवि लामिछाने दम्पतीद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

छठ पर्वमा सभापति रवि लामिछाने दम्पतीद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

  • आइतवार, कार्तिक ३०, २०८३
छठ पर्वमा सभापति रवि लामिछाने दम्पतीद्वारा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण

काठमाडौ – छठ पर्वको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नीले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेका छन्। आइतबार साँझ जनकपुरधामस्थित ऐतिहासिक गंगासागर घाटमा पुगेका सभापति लामिछाने दम्पतीले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका हुन्। छठ पर्व मनाउन उनीहरू जनकपुरधाम पुगेका थिए।

अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो छठ पर्वको अनुभव पनि सार्वजनिक गरेका छन्। उनले मैथिली भाषामा लेखेका छन्, ‘अइ बेर गङ्गासागरमे हमहूँसभ छठि मना रहल छी।’महापर्व छठका अवसरमा जनकपुरधाम आउँदा यस क्षेत्रका धार्मिक महत्त्व बोकेका विभिन्न ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने अवसरसमेत प्राप्त भएको उनले उल्लेख गरेका छन्।

यसले जीवनकै विशेष आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक अभ्यासको अनुभूति गराएको बताउँदै उनले ‘जन–जनके कल्याण करू हे छठि मइया’ भन्दै छठी मातासँग सबैको कल्याणको कामना गरेका छन्।

छठ पर्वको मुख्य विधिअन्तर्गत व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ। सूर्यदेव र छठी माताको श्रद्धापूर्वक पूजा गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दछन्।धार्मिक आस्था र विश्वाससँग जोडिएको छठ पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता तथा सांस्कृतिक सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ।

तस्बिर : सभापति लामिछानेको सचिवालय

चर्चामा

सम्बन्धित समाचार