काठमाडौं– पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आगामी स्थानीयतहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । बुधबार समाजिक सञ्जाल मार्फत सुमनाले मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन ।
उनले आफूले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धतासहित मेयरमा उम्मेदवारी दिने घोषणा गरेको जनाएकी छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुमना शिक्षा मन्त्री नियुक्त भएपछि पार्टीको सह महामन्त्री पदबाट राजीनामा दिएकी थिइन । त्यसपछि उनी पार्टीको सक्रिय राजनीति बाट टाढा रहेकी छन । उनले कुन पार्टी बाट चुनाव लडने भन्ने खुलाएकी छैनन ।