काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।शाहीले आगामी मंसिर २६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि शाहीसहित विक्रम पाण्डे र वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देन पनि दाबेदारका रूपमा रहेका छन ।