सुर्खेत– नेपाली कांग्रेसको देउवा पक्षको कर्णाली प्रदेश अधिवेशन यही मंसिर १३ गते हुने भएको छ । कांग्रेस देउवापक्षद्धारा बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रदेश अधिवेशनका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको जनाएका छन । उक्त अधिबेसनको उदघाटन पूर्वपार्टी सभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन ।
अधिबेसन प्रदेश संयोजक रंगमती शाहीले अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुने बताउनुभयो । उहाका अनुसार अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न मञ्च निर्माण, प्रतिनिधिको आवास तथा अन्य व्यवस्थापकीय कार्यहरू पूरा भएको सुर्खेत जिल्ला संयोजक ललित भट्टराईको भनाई छ । प्रदेश अधिबेसन पूर्ण रुपमा सफल पार्न कांग्रेस नेता तथा पूर्व वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही सहितका नेता तथा कार्यकर्ताहरू निकै खटिएका छन ।
प्रदेश अधिबेसनलाई भब्य र सब्य बनाउन नेता कार्यक्रमहरु सक्रिय रुपमा खटिएको पूर्व वनमन्त्री शाहीले भने मंसिर १३ गते उदघाटन हुने प्रदेश अधिबेसनको सबै तयारी पुरा भएको छ । अघिबेशसनको उदघाटन देउवाले गर्ने मन्त्री शाहीले जनाएका छन । नया नेतृत्व चयन संगै पार्टीको वर्तमान सांगठनिक अवस्था, आगामी राजनीतिक रणनीति, कार्यकर्ता परिचालन तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा अधिबेशनमा छलफल हुने शाहीको भनाई छ ।