मुगु —छैटौ ‘रारा ट्रेल रन प्रतियोगिताको प्रतियोगिताको तयारी पुरा भएको नेपाली सेनाको हनुमान ध्वज गुल्म, रारा हुटुले जनाएको छ ।
मंगलबार नेपाली सेनाको हनुमान ध्वज गुल्म, हुटुले पत्रकार सम्मेलन गरि एकताको दौड, संरक्षणको बाटो’ भन्ने मूल नारासहित यही वैशाख ३० गते संचालन हुने छैटौ रारा ट्रेल रन’ प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको गुल्मपति खड्गबहादुर श्रेष्ठले बताउनु भयो ।
उहाका अनुसार बैशाख १० गतेदेखि खेलाडी धावकको नाम दर्ता सुरु भइसकेको छ । राराताल वरिपरि १६ किलोमिटर दूरीमा ‘रारा ट्रेल रन प्रतियोगिता संचालन गरिने हनुमान ध्वज गुल्मले जनाएको छ ।
यस प्रतियोगीतामा १८ देखि ४५ वर्ष उमेर समूहका महिला तथा पुरुष गरी ६ सयभन्दा बढी खेलाडी सहभागी हुने जनाएको छ । सहभागी प्रत्येक २० जना खेलाडीका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको कुल अनुमानित खर्च ७ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
तस्विर कविराज कार्की मुगु