आइतवार, जेष्ठ ३, २०८३
आइतवार, जेष्ठ ३, २०८३
  • होमपेज
  • शिक्षा
  • अक्कल कोपिला फाउण्डेसनद्धारा बिधार्थीलाई शैक्षिक समाग्री बितरण

अक्कल कोपिला फाउण्डेसनद्धारा बिधार्थीलाई शैक्षिक समाग्री बितरण

  • शनिबार, जेष्ठ २, २०८३
अक्कल कोपिला फाउण्डेसनद्धारा बिधार्थीलाई शैक्षिक समाग्री बितरण

मुगु— जिल्लामा अक्कल कोपिला फाण्डेसनद्धारा बिधार्थीलाई शैक्षिक समाग्री बितरण गरिएको छ । छायानाथ रारा नगरपालिका — स्थित कोटिल्ला ऋणीमोक्ष आधारभूत विद्यालय मन्दु र सरस्वती आधारभूत विद्यालय बालै तथा महादेव विद्यालय रञ्जन बालै गरि ३०० जना विद्यार्थीहरूलाई नेपाली कापी अङ्ग्रेजी कापी डटपेन, पेन्सिल,एलिजर लगायत शैक्षिक सामग्री वितरण गरिएको अक्कल कोपिला फाउण्डेसनले जनाएको छ ।
बिधार्थीलाई शैक्षिक गुणस्तर सुधार गर्न समाजसेवी अक्कल बोहराले केही यता देखि बिधार्थीहरुलाई शैक्षिक समाग्री उपलब्ध गराउदै आउनु भएको छ । आगामी दिनमा पनि मुगुको शैक्षिक विकास र गरिब तथा जेहेन्दार विद्यार्थीहरूको हितका लागि आफ्नो व्यक्तिगत तथा संस्थागत सहयोग निरन्तर रहने प्रतिबद्धता बोहोराले जनाउनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार